कब्वडीको फाईनलमा सूर्यकिरण
इनरुवा, फागुन ८ गते । सुनसरीको इनरुवामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को आयोजनामा जारी दोस्रो जिल्ला स्तरीय कवडीको पहिलो समूहको खेल जित्दै छात्र तर्फ सूर्य किरण एकेडेमी इनरुवा फाईनलमा प्रवेश गरेको छ ।

जिल्लाका विभिन्न ७ वटा निजी प्लस टु विद्यालयका छात्र टिम मध्ये पहिलो समूहको खेलमा महेन्द्र मेमोरियल स्कूल दुहवीलाई पराजित गर्दै सूर्य किरण एकेडेमी इनरुवा फाईनलमा प्रवेश गरेको हो ।

त्यसैगरी ६ वटा छात्रा समूहको बीचमा भएको प्रतिस्प्रधामा प्रिसिएस एकेडेमी इनरुवा फाईनलमा प्रवेश गरेको छ । छात्रा तर्फ सूर्यकिरण ऐकेडेमीलाई पराजित गर्दै प्रिसिएस एकेडेमी इनरुवा फाईनलमा प्रवेश गरेको हो । दोस्रो समूहको विजेतासंग यी दुवै टीले उपाधीका प्रतिस्प्रधा गर्ने आयोजकले जनाएको छ ।
