जालि नोट पहिचान सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न
जालि नोट पहिचान सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ। सुनसरीको इनरुवा नगरपालिकामा सरोकारवालाको बिचमा जालि नोट पहिचान सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम नेपाल राष्ट्रिय बैंक कार्यलय बिराटनगरका निर्देशक शैलेन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो।

सम्पन्न भएको कार्यक्रममा नेपाल राष्ट्रिय बैंक बिराटनगरका उप-निर्देशक अच्युत कुमार थापा , जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी निरिक्षक होमराज ओलि सहितको उपस्थिति रहेको थियोे ।

जालि नोट पहिचानका विधि बारे उप निर्देशक अच्युत कुमार थापाले जानकारी गराउनु भएको थियो । त्यसैगरी प्रहरी निरिक्षक ओलिले जालि नोट भेटिएमा जानकारी गराउने दायित्व सबैको भएको बताउनु भयो।

समापन कार्यक्रममा निर्देशक शैलेन्द्र रेग्मीले नेपाली नोटको जतन गर्नु पर्ने, नोटमा जथाभावी कोर्न /लेख्ने कार्य गर्दा नोटको सँगसँगै राष्ट्रियको पनि अपमान हुने र त्यस्तो कार्य कसैले गरेको खण्डमा राम्रो सन्देश नजाने बताउनु भयो। उहाँले जालि नोटबाट बच्न आग्रह गर्नु हुदै नेपाली नोटको संरक्षण गर्न आग्रह गर्नुभएको थियोे ।
