जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख ५ गते । सिर्जनामा इनरुवाको नियमित रचना वाचन कार्यक्रमको ४८ औँ शृङ्खला सदरमुकाम इनरुवामा सम्पन्न भएको छ । पाँच वर्षदेखी नियमित रुपमा मासिक साहित्य कार्यक्रम गर्दै आएको सिर्जनामा इनरुवाको साहित्य रचनाबाचन कार्यक्रम सम्पन्न भएको छ ।

सनिबार साहित्य रचनाबान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष लिलानाथ सिलवालले जानकारी दिनुभयो । शनिवार कविर जीवन ज्योति मठको भवनमा सम्पन्न भएको रचनावाचन कार्यक्रममा समाजसेवी मिरा पोखरेल प्रमुख अतिथि रहनुभएको थियो । रचनावाचन कार्यक्रममा डमरू वल्लभ भण्डारी, रमेन्द्र कोइराला, केशव रिजाल, राधा सुवेदी, यशोदा आचार्य, प्रकाश अनुराग, कविराज घिमिरे, द्वारिका प्रसाद पोखरेल, प्रसन्न आचार्य, झोटन मेहता, शिवनारायण पण्डित,कपलेश्वर दास ,सक्षम यादव ,मधु मेहता, भुट्नी ऋषिदेव, हँसियारी ऋषिदेव सहितले रचना बाचन गर्नुभएको थियो । रचनावाचनका साथै विशेष आकर्षणका रुपमा विराटनगरका केशव रिजालले आजीवन सदस्य बन्नुभएको र मिरा पोखरेलले साहित्य पुरस्कार रकममा ११ हजार रुपियाँ थप्ने घोषणा गर्नुभएको थियो । प्रसन्न आचार्यबाट बाँसुरी बादन,प्रकाश अनुरागबाट हार्मोनियम बादनसँगै गायन कार्य सम्पन्न भएको थियो । रमेन्द्र कोइराला र केशव रिजालबाट लघुकथा वाचन भयो भने अन्यबाट मुक्तक ,गजल, कविता ,गीत ,दोहा वाचन भएको थियो ।


१, सिर्जनामा इनरुवाको नियमित रचना वाचन कार्यक्रमको ४८ औँ शृङ्खलामा साहित्यकारहरु तथा अथितिहरु ।

तस्विर ः जयकृष्ण यादव । इनरुवा