भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न १ अर्व ५३ करोड
काठमाडौं, जेठ १५ गते । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि १ अर्व ५३ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट संसदको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गर्नुहुँदै सो कुरा बताउनुभएको हो । सरकारले टरी गाउँसहित अन्य विमानस्थलको पनि स्तरोन्नति गर्ने जनाएको छ ।
