इनरुवामा चौथो रात्रिकालीन मेयर कप भलिबल प्रतियोगिता
इनरुवा, जेठ १८ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नं–२ स्थित फूलबारी क्रिकेट क्लबको आयोजनामा चौथो रात्रिकालीन मेयर कप भलिबल प्रतियोगिता सुरु भएको छ ।

फुखबारी खेलमैदानमा सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका आठ टीमको सहभागिता रहेको आयोजक क्लवका अध्यक्ष शिवु यादवले जानकारी दिनुभयो । सम्पन्न भएको पहिलो तीन खेलमा धरान, इटहरी, इनरुवाले जित निकालेको छ । खेलमा उद्घाटन खेलमा धरान भलिवल टिमले इनरुवा टेडिगं सेन्टरलाई पराजित गरेको छ भने दोस्रो खेलमा इटहरी भलिवल टिमले मोरंगको केराबारी भलिवल टिमलाई हराएको छ । तेस्रो खेलमा दमक भलिबल टिमलाई हराउदै आयोजक फुलबारी क्लवले जित निकालेको छ ।

नकाउटको अधारमा खेलाउने खेल भएकाले आठवटै टिमले एक चरणमा सबैसंग प्रतिस्प्रधा गनुपर्ने भएको छ ।

१, भलिवलका म्याद अफ दी म्याचलाई पुरस्कार वितरण गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

