जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौं २३ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा प्रहरी कर्मचारीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यसँगै उत्प्रेरणा अभिवृद्धि गर्ने उद्देश्यले ‘स्वस्थ शरीर, स्वच्छ मस्तिष्क कार्यक्रम’ अन्तर्गत २ माइल आन्तरिक खुला दौड प्रतियोगिता सम्पन्न भएको छ ।


मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूबीच विभिन्न विधामा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रहरी कर्मचारीहरूमा शारीरिक तन्दुरुस्ती, अनुशासन, आत्मविश्वास तथा सकारात्मक सोचको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभएको छ ।
उत्कृष्ठ प्रथम, द्धितिय र तृतिय भएका प्रतियोगिहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरेको प्रहरी उपरीक्षक मल्लले जानकारी दिनुभयो ।