राष्ट्रिय स्वतन्त्र पार्टी देवानगञ्ज गाउँपालिका वडा नं. ७ को वडा अधिवेशन सम्पन्न, राम यादव ७३ मत ल्याएर विजयी
राष्ट्रिय स्वतन्त्र पार्टीको देवानगनञ्ज गाउँपालिका वडा नं ७ मा भएको पार्टीको वडा समितिको सभापतिका लागि निर्वाचन सम्पन्न भएको छ । सम्पन्न भएको मतदानमा दुई जनाले प्रतिस्प्रधा गरेकोमा राम यादव ७३ मत ल्याएर विजयी हुनुभएको छ ।

सहमती नभएकाले सनिबार भएको जितहारका लागि मतदानमा राम यादवले जम्मा खसेको मत १२७ मध्ये ७३ मत ल्याएर विजयी हुनुभयो । उहाँको निकतम प्रतिस्प्रधी लक्ष्मण यादवले ५३ मत सहित पराजित हुनुभएको छ । पार्टीका जिल्ला सभापती सागर दाहाल सहित वडामा भएको मतदानको बेला उपस्थिती रहनुभएको थियो ।
