सुनसरीमा मनोनयन दर्तामा सरकारी सवारीको प्रयोग
सुनसरी
२०७९ असोज २३ गते । निर्वाचन आयोगले प्रमुख दलहरु तथा स्वतन्त्र सहित सबै उम्मेदबारलाई चुनावी गतिविधिमा सरकारी स्रोत साधन प्रयोग गर्न नहुने भनिएकोमा त्यस विपरित सुनसरीमा नेपाली काग्रेंसका उम्मेदबारको मनोनय दर्तामा सरकारी सवारीको प्रयोग गरेको पाइएको छ ।

जिल्ला सदरमुकाम इनरुवा निर्वाचन क्षेत्र नम्बर २ र ४ मा असोज २३ गते पार्टीले सरकारी नम्बर प्लेटका गाडी प्रयोग गरेको पाइएको हो । जिल्ला समन्वय समितिको कार्यालयको बा २ झ १४३३ र इनरुवा नगरपालिकाको कार्यालयको को १ झ ५१८ नम्बरको गाडी प्रयोग गरेको भेटिएको छ । उक्त दुई सवारीमा जिसस प्रमुख तथा नेपाली काग्रेंसका इनरुवा नगर अध्यक्ष राजन मेहता र इनरुवा नगर प्रमुख तथा नेपाली काग्रेंस जिल्ला सभापती केदार भण्डारीले सरकारी सवारी गरेको पाइएको हो ।
दुवै गाडि नेपाली काग्रेसले प्रयोग गरेको बारेमा पार्टी सभापती केदार भण्डारीले आफूहरु नियतबस नभई चुनावको मनोनयन दर्ताको गतिबिधि हेर्नका लागि आएको प्रतिकृया दिनुभयो ।
मूख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले भने सरकारी सवारी प्रयोग वा दुरुपयोग भएको बारेमा कुनै जानकारी आफूलाई नआएको प्रतिकृया दिनुभयो ।
यसैबीच पछिल्लो समय यहाँका विभिन्न सरकारी कार्यालयका सवारी व्याक्तिगत प्रयोजनका लागि प्रयोग हुने गरेको स्थानीयको भनाइ छ । सरकारी काममा बाहेकको दिन पास लिएर मात्र प्रयोग गर्न पाइने भएपनि विदा र बिना कारण सरकारी कर्मचारीदेखी जनप्रतिनिधिसम्मले व्याक्तिगत प्रयोजनमा सरकारी सवारी प्रयोग गर्ने गरेको छ ।

