दिपक मण्डल । नरसिंह

सुनसरको भोक्राहा नरसिंह गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा गुरु सम्मान कार्यक्रम तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।


विद्यालय सुधार संघर्ष समितिको आयोजनामा आयोजित कार्यक्रममा विद्यालयका सेवा निवृत दर्जन बढी शिक्षकहरुलाई गुरु सम्मानले सम्मानित गरिएको हो ।
विद्यालयमा ज्ञानको ज्योति प्रवाह गर्ने गुरुहरुलाई समितिको तर्फबाट सम्मान गरिएको समितिका अध्यक्ष लालु प्रसाद यादवले जानकारी दिए ।
सोही अवसरमा विद्यार्थी बालबालिकाहरुलाई बौद्धिकस्तर मापन गर्नका लागि हाजिरी जवाफ समेत सम्पन्न गरेको थियो ।