सुनसरीमा ५९३ मतदान केन्द्रबाट पाँच लाख ४४ हजार ९४१ मतदाताले मतदान गर्दै
सुनसरी
२०७९ मङ्सिर ३ गते । सुनसरीमा आईतबार मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि दुई अस्थायी सहित ५९३ मतदान केन्द्रबाट पाँच लाख ४४ हजार ९४१ मतदाताले मतदान गर्ने भएका छन् । सुनसरीमा चार प्रतिनिधि सभा र आठ प्रदेश सभा सदस्य निर्वाचनका लागि ५९३ मतदान केन्द्रबाट पाँच लाख ४४ हजार ९४१ मतदाताले मतदान गर्ने भएका हुन् । आईतबार हुने निर्वाचनमा दुई लाख ७४ हजार ७०५ पुरुष र दुई लाख ७० हजार २३४ महिला गरि कुल पाँच लाख ४४ हजार ९४१ मतदाताले मतदान गर्ने भएको जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
जिल्लामा ५९३ जना मतदान अधिकृत, ५९३ जना सहायक मतदान अधिकृत, दुई हजार ९६५ सहायक कर्मचारी र ५९३ जना कार्यालय सहयोगी सहित चार हजार ७४४ जना मतदान कार्यका लागि कर्मचारी खटाइएको छ । प्रत्येक केन्द्रमा मतदान अधिकृतहरुलाई चार जनाका दरले स्वयम सेवक थप राख्नका लागि पनि बजेट दिएर पठाएको छ ।


उता सुनसरीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन भएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर चार वटै सुरक्षा निकायका गरि पाँच हजार २७४ जना सुरक्षाकर्मी परिचालन गरेको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जिल्लामा एक हजार ४८१ जना नेपाल प्रहरी, दुई हजार ५९५ जना म्यादी प्रहरी, ४४० जना नेपाली सेना, ७३९ जना सशस्त्र प्रहरी, १९ जना राष्ट्रिय अनुसन्धानका गरि पाँच हजार २७४ जना सुरक्षाकर्मी परिचालन गरेको हो । जिल्ला निर्वाचन सुरक्षा समितिका संयोजक समेत रनुभएका प्रजिअ यादवले जिल्लाको दुई ओटा उपमहानगरपालिका, चार ओटा नगरपालिका र ६ ओटा गाउँपालिका गरी १२ ओटा स्थानीय तह रहेको चार ओटा प्रतिनिधि सभा र आठ वटा प्रदेश सभा निर्वाचन क्षेत्रका एकसाथ पाँच हजार २७४ जना सुरक्षाकर्मी परिचान भएको जानकारी दिनुभयो । निर्वाचन शान्तीपूर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गर्नका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाल प्रहरी सहितको विभागको जनशक्ति परिचालन भएकाले निरर्धक भएर आफूलाई मन गरेको उम्मेदबार र राजनीतिक दललाई मतदान गर्न अपिल गर्नुभएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लामा मदिरा विक्रिवितरण तथा ओसरपसारमा पूर्ण रोक लगाएको छ ।
निर्वाचन प्रचारप्रसारका क्रममा मदिरा सेवन गरी सामाजिक सद्भाव खलबल्याउने तथा निर्वाचन आचारसंहिताको उल्लङ्घनका घटना बढ्ने भन्दै दुईसत्ता अघिबाटै मदिरा बिक्री वितरण तथा ओसारपसारमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
मतदानलाई शान्तीपूर्णमा सम्पन्न गर्ने भएकाले यस विपरित वा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताउनुभयो ।
उता समानुपातिकमा मतदान गर्नका लागि कैदीबन्दी र कर्मचरीका लागि दुई वटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीका निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार क्षेत्रीय कारागार झुम्काका कैदीबन्दीमध्ये ५८ जनाले समानुपातिक निर्वाचन प्रणालीका लागि मतदान दिने भएकोले झुम्का कारागारमा एउटा र कर्मचारी सुरक्षाकर्मी सहितका लागि जिल्ला समन्वय समिति सुनसरीमा एउटा गरि दुई वडा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ ।
सुनसरीको निर्वाचन क्षेत्र नं. १ मा ४० स्थानमा १५२ वटा मतदान केन्द्र रहेको छ । त्यसमध्ये १५ जना महिला मतदान अधिकृत रहनुभएको छ ।
निर्वाचन क्षेत्र नं. २ मा ४० स्थानमा १६० वटा मतदान केन्द्र रहेको छ । त्यसमध्ये २६ जना महिला मतदान अधिकृत रहनुभएको छ ।
निर्वाचन क्षेत्र नं. ३ मा ४६ स्थानमा १३९ वटा मतदान केन्द्र रहेको छ । त्यसमध्ये १३ जना महिला मतदान अधिकृत रहनुभएको छ ।
निर्वाचन क्षेत्र नं. ४ मा ४० स्थानमा १४२ वटा मतदान केन्द्र रहेको छ । त्यसमध्ये १२ जना महिला मतदान अधिकृत रहनुभएको छ ।

१, सुनसरीको इनरुवा ३ मा रहेको देवकोटा आधारभुत विद्यालयको मतदान केन्द निर्माण गर्दै गरेको अवस्थामा निर्वाचन पर्यवेक्षकले निरिक्षण गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
