जनता समाजवादी पार्टी नेपाल सहितको समर्थनमा निर्वाचित हुनु भएका नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य भिमप्रसाद आचार्यले निर्वाचनमा आफू सहित आफ्ने पार्टीका उम्मेदबारहरुलाई मतदान गरेर निर्वाचित गराउनुभएकोमा मतदातालाई धन्यवाद दिनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा निर्वाचित भएको प्रमाण पत्र ग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेता आचार्यले इमान्दारिक पूर्वक, विकास, सुशासन र समृद्धिको पक्षमा काम गर्ने एमाले उम्मेदबारलाई मतदात गर्नुभएको धन्यवाद दिनुभएको हो । परिर्वतनको पक्षमा मतदान गरि एमाले जसपाका संयुक्त उम्मेदबारहरुलाई आफ्नो अमूल्य मत मतदात गर्नुभएको धन्यवाद दिनुभएको छ ।

प्रदेश सभा सदस्य मेहताद्धारा धन्यवाद

जनता समाजवादी पार्टी नेपाल सहितको समर्थनमा निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएका नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रदेश सभा सदस्य रामप्रसाद मेहताले निर्वाचनमा आफू सहित आफ्ने पार्टीका उम्मेदबारहरुलाई मतदान गरेर निर्वाचित गराउनुभएकोमा मतदातालाई धन्यवाद दिनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा निर्वाचित भएको प्रमाण पत्र ग्रहण पछि पत्रकारसंग कुराकानी गर्नुहुदै नेता मेहताले इमान्दारिक पूर्वक, विकास, सुशासन र समृद्धिको पक्षमा काम गर्ने एमाले उम्मेदबारलाई मतदात गर्नुभएको धन्यवाद दिनुभएको हो । परिर्वतनको पक्षमा मतदान गरि एमाले जसपाका संयुक्त उम्मेदबारहरुलाई आफ्नो अमूल्य मत मतदात गर्नुभएको धन्यवाद दिनुभएको छ ।

एमालेका उम्मेदबार जितेपछि मतदाता उत्साहित
जनता समाजवादी पार्टी नेपाल सहितको समर्थनमा नेकपा एमालेका उम्मेदबारहरु निर्वाचित भएपछि मतदाता र नेताहरु उत्साहित बनेका छन् । निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य र दुवै प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएका नेकपा एमालेका नेता एवम् नवनिर्वाचितको विजयी जुलुसमा सहभागीहरुले उत्साहित बनेको बताएका छन् । एमाले र जसपा सहित आफ्नो उम्मेदबारहरुलाई मतदान गरेर निर्वाचित गराउनुभएकोमा उत्साहित बन्नुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा निर्वाचित भएको प्रमाण पत्र ग्रहण पछि नेताहरुले र मतदाताले इमान्दारिक पूर्वक, विकास, सुशासन र समृद्धिको पक्षमा काम गर्ने उम्मेदबारलाई मतदात गर्न पाएकोमा उत्साहित बनेको प्रतिकृया दिनुभएको छ ।