जयकृष्ण यादव । इनरुवा
इनरुवा,मङ्सिर ११ गते । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुलाई आईतबार प्रमाण पत्र वितरण गरिएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार निर्वाचित हुनुभएका नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य भिम प्रसाद आचार्य, प्रदेश सभा सदस्य २(क) बाट नेकपा एमालेका रेवती रमण भण्डारी र २(ख)बाट नेकपा एमालेकै रामप्रसाद मेहतालाई प्रमाण पत्र वितरण गरिएको हो । सनिबार राती आन्तिम मतरिणाम सार्वजनिक भएपछि विजयी हुनुभएका तीनै जनालाई निर्वाचन अधिकृतको कार्यालयले इनरुवा २ को शिक्षा तालिम तालिम केन्द्रमा प्रमाण पत्र वितरण गरिएको छ । यस क्षेत्रबाट विजयी हुनुभएकाहरुलाई निर्वाचित भएको प्रमाण पत्र वितरण गरिएको क्षेत्र नं. २ निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिनुभयो ।


प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएका आचार्यले नेपाली काग्रेंसका उम्मेदबार सिताराम मेहतालाइ पाँच हजार ९५६ मत अन्तरले पराजित गर्दै विजयी हासील गर्नुभएको हो । आचार्यले ३२ हजार २४ मत सहित विजयी हुनुभएको छ भने निकटतम प्रतिद्धन्दी नेपाली काग्रेंसका मेहताले २६ हजार ६८ मत ल्याउनुभयो । तेस्रो स्थानमा रहनुभएका राष्टिय स्वतन्त्र पार्टीका उम्मेदबार लालविक्रम थापाले १९ हजार ३९१ मत ल्याउनुभयो ।
त्यसैगरी सुनसरी क्षेत्र नं. २ को प्रदेश सभा (ख)मा नेकपा एमालेका राम प्रसाद मेहता विजयी हुनुभएकोछ । मेहताले १८ हजार २०९ मत सहित विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी नेपाली काग्रेंसका राजिव कोईरालाले १७ हजार ६४३ मत ल्याउनुभयो । तेस्रो स्थानमा रहनुभएका राष्टिय प्रजातन्त्र पार्टीका उम्मेदबार सदान्नद साहले दुई हजार ३६० मत ल्याउनुभयो ।
त्यसैगरी सुनसरी क्षेत्र नं. २ को प्रदेश सभा (क)मा नेकपा एमालेका रेवती रमण भण्डारी विजयी हुनुभएकोछ । भण्डारीले १४ हजार ५३५ मत सहित विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका द्धारिकलाल चौधरीले ११ हजार ८५२ मत ल्याउनुभयो । यस क्षेत्रको संघ सहित दुवै प्रदेश सभा सदस्यमा एमाले जसपाको गठबन्धनको प्यानल विजयी भएको हो ।


१, सुनसरीको क्षेत्र नं. २ बाट निर्वाचित भिमप्रसाद आचार्य र प्रदेश सभा तर्फ रामप्रासद मेहता र रेवतीरमण भण्डारीलाई प्रमाण पत्र वितरण गर्नुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा