धरानकी उषा राई हत्या प्रकरणमा मानवअधिकारकर्मीको चासो
धरानकी उषा राई हत्या प्रकरणमा मानवअधिकारकर्मीको चासो, आफ्नो श्रीमान् नजिकिएको आरोप लगाउँदै उर्मिला राईको समूहले कुटपिट गरेको प्रारम्भिक विवरण प्राप्त
सुनसरी
२०७९ मङ्सिर २४ गते । जिल्लाको धरान उपमहानगरपालिका–१३ कि ३७ वर्षिया एकल महिला उषा राई सिलाईकटाई गर्दै आफनी दुई छोरीको शिक्षादिक्षा र डेराघरको भाडा तिर्दै बस्नुभएको थियो । केही वर्षअघि उषालाई धनकुटाबाट छोरीहरुलाई पढाउने भन्दै सुनसरी झरेको पीडा छदैथियो, त्यसमा पनि दैवको खेल कोभीड कालमा विरामी भएका पती गुमाउनुभएकाले अर्को पीडा थियो । पती बियोगमा रहनुभएकी उषालाई धरान १३ मा सिलाईकटाई गर्दै आफनी दुई छोरी( एक जेठी स्मृती राई बीबीएस तेस्रो वर्ष र कान्छी छोरी कक्षा ३ मा) पढाउदै शिक्षादिक्षा दिने क्रममा आफ्नै धार्मिक पथ टोलमा डेराघरको तीन समय मीटर पश्चिमकी ५५ वर्षिया उर्मिला राईले त्यो देखन नसकेर कार्तिक ३ गते आफ्ने श्रीमान् गोविन्द राईलाई फकाएर सम्बन्ध राखेको आरोप लगाई कथित आमा समूहको नाममा आक्रमण गर्नुभयो । खोला किनारको भाडाको घरमा बस्दै आउनुभएकी उषालाई छोरीको माया र हातमुख जोड्नुपर्ने भएकाले नजिकै सिलाईकटाईको पसल खोल्नुभएको पाँच महिना भएको र त्यही बस्नुभएको थियो ।

त्यसक्रममा उर्मिला राईलाई उनको घरमा पतीसंग झैझग्डा भईरहेकोमा गाउँको एकल महिला भएकी उषालाई उनले आफ्नो पतीलाई फकाएर अनैतिक सम्बन्ध राखेको आरोप लगाएर दर्जन बढी महिलाहरु सहित कार्तिक ३ गते आमा समूहको नामबाट आक्रमण सहित एसीड खुवाउने र फोहोर कोच्याउने काम गर्नुभयो । त्यसपछि बेहोस भएर उषाको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुदै जाहाँ केही सच्चो हुने र फेरी पीडा हुने भएकाले परिक्षणका क्रममा जटिल देखिएको थियो ।
त्यसैले उषाको मत्यु भयो । त्यो मृत्यु कुटपीटबाट भएकाले हत्या गरेको आरोपमा पीडितका भाई २६ वर्षिय सुन्दर राईले इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएका थिए ।
प्रहरीले जाहेरीका अधारमा पीडकहरुलाई खोजतलास गर्नेक्रममा मूख्य आरोपी धरान–१३ सूर्यमार्गकी ५५ वर्षिया उर्मिला राई, सुमित्रा राई, धरान–१७ कि सुशेली राई र रत्न लिम्बू रहेका छन् ।
उर्मिला मंसिर १५ गते, सुमित्रा मंसिर १६ गते र सुशेली र रत्न मंसिर १८ गते पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार कुटपिटबाट घाइते भएकी उषाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मङ्सिर १३ गते मृत्यु भएपछि मृतकका भाई सुन्दर राईले ७ जनाको नाममा किटानी जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा ४ जनालाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ पर्नेमा घटनाका मुख्य आरोपी धरान–१३ सूर्य मार्गकी ५५ वर्षीय उर्मिला राईलाई मङ्सिर १५ गते पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताउनुभयो । उहाँलाई १० दिनको म्याद थप गरिएको छ । यस्तै, मङ्सिर १६ गते २६ वर्षीय सुमित्रा राई र धरान–१७ की २९ वर्षीय सुसेली राईलाई पक्राउ गरेर अदालतबाट ९ दिनको म्याद थप गरिएको छ । यसैगरी, ४० वर्षीय रत्न लिम्बु सुब्बालाई मङ्सिर १८ गते पक्राउ गरेको र उहाँलाई ७ दिनको म्याद थप गरिएको बताइएको छ ।
सो घटनामा सिर्जना राई, मिना राई र निरकुमारी गुरुङको पनि संलग्नता भएको भन्दै जाहेरी परेकोले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । मिना राई भने को हुन् भन्ने खुल्न नसकेको पनि डिएसपी श्रेष्ठले बताउनुभयो । साथै, नाम नखुलेका तर घटना भएको बेला खिचिएको भिडियोमा देखिएका महिलाहरूको पनि अनुसन्धान, पहिचान गर्ने र खोजी गर्ने कार्य भइरहेको डिएसपी श्रेष्ठले बताउनुभयो ।
उषा कुमारी राई मृत्यु प्रकरणको बारेमा धरान प्रहरीले अनुसन्धान जारी राखेको बताउँदै डिएसपी श्रेष्ठले बाँकी रहेकालाई पनि चाडै पक्राउ गरिने बताउनुभयो ।


उता घटनाको बारेमा मानवअधिकारकर्मीहरुले चासो देखाएको छ । घटना गम्भिर भएकाले त्यसको पूर्ण सतही छानविन गरि दोषीलाई कानुन बमोजिम कार्वाही गर्नुपर्ने र दण्डहिन्ताको अन्त्य गर्नुपर्ने भन्दै मानवअधिकारकर्मीहरुले चासो देखाएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ प्रमुख सोमराज थापा र सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादव सहितले घटनाका बारेमा जानकारी लिनुभएको छ । घटनास्थल र पीडित परिवारका सदस्यहरु तथा पीडकको घरमा समेत अवस्थाका बारेमा जानकारी लिनुभएको हो । इन्सेकले आफ्नो घटना अभिलेखिकरण र दोषीहरुलाई कानुनको दायरामा ल्याउनका लागि राज्यलाई आग्रह गर्ने गरि अनुगमन गरिएको जनाएको छ ।
उता ओरेक प्रदेश १ र सुनसरी कार्यालयले समेत मानवअधिकारकर्मी र सञ्चारकर्मीहरु सहितको सहभागितामा स्थलगत अनुगमन गर्दै घटनाको बारेमा चासो देखाएको छ । ओरेक नेपालका प्रदेश संयोजक शान्ती दनुवार सहितको टोलीले घटनाबाट ज्यान गुमाउनुभएकी उषाका बुवा, आमा, दिदी र छोरीहरु सहित मुख्य आरोपी भनिएको धरान–१३ सूर्य मार्गकी उर्मिला राईको घरमा समेत जानकारी लिएको छ । पीडक प्रहरी हिरासतमा रहेकाले घरमा आफ्न्त समेत भेटिएन भने पीडित परिवारका ७५ वर्षिय बुवा दलबहादुर राई र ७३ वर्षिय आमा तथा ४२ वर्षिय दिदी महेश्वरी राई, १८ वर्षिया छोरी स्मृति राई र १० वर्षिया तेरिषा राईलाई मङ्सिर २४ गते घरमै भेटेर घटनाका पूर्वको अवस्था, घटना भएको दिन र त्यसपछि उपचार र निधन भएकोसम्मको जानकारी लिएको छ । टोलीलाई पीडित परिवारले दिएको जानकारी अनुसार कुनै कोही कसैसंग उषाको सम्बन्ध नरहेको तर गाउँमा एकल महिला भएकाले गलत आरोप लगाएर मारेको प्रतिकृया दिनुभयो ।



टोली प्राप्त जानकारी अनुसार घटना भएको दिन नै हत्या गर्ने योजना स्वरुप पीडकहरु आएको र कापाल लुछेर, मुखमा एसिड खन्याएर, फोहोर बस्तु हालेको थियो । तर महिलाले महिलालाई मार्ने योजना भएकाले पुरुषहरुले छुटाउन नगएकाले मुख्य पीडक भनिएको उर्मीलाको योजना सफल भएको र उषाको ज्यान गएको हो ।
ओरेकको टोलीमा गैरसरकारी संस्था महासंघका सुनसरी अध्यक्ष मेघराज न्यौपाने, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष सहजादी प्रविण, इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादव, आरेककी बिमला घिमिरे सहितको पाँच सदस्य रहनुभएको थियो ।
प्रहरीले पीडक महिलाहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ । गत कात्तिक ३ गते उषालाई आफ्नो श्रीमान नजिकिएको आरोप लगाउँदै उर्मिला राईको समूहले कुटपिट गरेको थियो । कुटपिटपछि घाइते भएकी उषाको उपचारकै क्रममा मंसिर १३ गते मृत्यु भएको थियो ।

उता ७४ औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा हालै ५५ वर्षिय पुरुषबाट बलात्कृत भएकी बालिकाको आफ्न्तसंग समेत ओरेकको प्रदेश संयोजक शान्ती दनुवार सहितको टोलीमा गैरसरकारी संस्था महासंघका सुनसरी अध्यक्ष मेघराज न्यौपाने, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष सहजादी प्रविण, इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादव, आरेककी बिमला घिमिरे सहितको पाँच सदस्यले भेटघाट गरि घटनाको बारेमा जानकारी लिनुभएको थियो ।
ओरेकको प्रदेश संयोजक शान्ती दनुवार सहितको टोलीमा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरी समेतको सहभागिता रहेको थियो ।
cf]/]ssf] k|b]z ;+of]hs zfGtL bg’jf/ ;lxtsf] 6f]nLdf O6x/L pkdxfgu/kflnsfsL pkk|d’v ;+lutf rf}w/L ;d]tsf] ;xeflutf /x]sf] lyof] .
