सुनसरी खोलामा अनाधिकृत रुपमा माटो खान्दै, स्थानीय सरकार रोक्ने प्रयासमा ,फोटो र भिडियो फिचर
मुनाफ हसन । भोक्राहा
सुनसरी जिल्लाको नामाकरण भएको ऐतिहासिक सुनसरी खोलामा अनाधिकृत रुपमा माटो उत्सनन गर्ने भएकाले खोलाको स्वरुप नै बिग्रेको छ भने बस्ती पनि जोखिममा परेको छ । जिल्ला सदरमुकाम इनरुवा ४ र ९ को सीमासंग जोडिएको भोक्राहा नरसिंह गाउँपालिका ५ टपराको बस्ती नै जोखिममा पार्ने गरि हजारौ टिपर माटो खान्दै निकाल्ने गरेकाले सुनसरी खोलाको स्वरुप बिग्रार्नुको सातै मुस्लिम बस्ती पनि जोखिममा परेको स्थानीयहरुले बताएका छन् । इनरुवा नगरपालिका ९ बबियाका हबिब मंसुरीले खोलापारीको डिल र खोला समेतमा स्काभेटर,जेसीबी र हाईबा टिपर सहितको उपकरण प्रयोग गरेर खोला दोहन गरेको स्थानीयहरुले बताएका छन् । एक महिनायता गरिब, बिपन्न र सुकुम्बासी परिवारलाई धाकधम्की दिदै एकतर्फ रुपमा खोलाको स्वरुप बिग्रार्ने र बस्ती पनि जोखिममा पार्ने काम गरेको गुनासो बाहिर आएको छ । स्थानीयहरुले गुनासो मिडिया सामु ल्याएपछि गरिएको अनुगमनका क्रममा खोला छेउमा जेसीबी र माटो ओसार्ने को १ क १९४१ नम्बर टिपर देखिएको छ ।
https://www.youtube.com/watch?v=Yq_P2f4zaso
आफ्नो पालिका क्षेत्रमा रहेको खोलाको स्वरुप नै बिग्रार्ने गरि माटो काटेको र बस्ती पनि जोखिममा पारेको विषयलाई लिएर प्रशसानमा जानकारी गराएको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्खतर आजादले बताउनुभयो । अध्यक्ष आजादले स्थानीय सरकारको हैसियतले माटो काट्न रोक्ने प्रयासमा लागेको प्रतिकृया दिनुभयो । उहाँले इनरुवा नगरपालिका ९ बबियाका हबिब मंसुरी प्रधान भन्नेले भोक्राहा नरसिंहका गफार भन्नेलाई लगाएर माटो काटेको विषयमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको र रोक्न आग्रह गरेको बताउनुभयो । आजादका अनुसार सुनसरी खोलामा समेत आफ्नो जग्गा परेको भन्दै इनरुवा नगरपालिका ९ बबियाका हबिब मंसुरीले जबरजस्ती माटो खन्ने र विक्रि गर्ने गरेको छ ।


कानुनतः खोलालाई कुनै पनि बाहानामा अनाधिकृत दोहन र जोखिम सृजना गर्ने काम निषेध गरिएको छ । तर छोरा वडा अध्यक्ष भएको शक्तीको आडमा सुकुम्बासीहरुलाई आबाज उठाए घरमै डोजर लगाउने धम्की दिदै पाँच सय मिटरसम्म सुनसरी खोलाको पश्चिम किनाराको माटो काटेर बेचिसकेको स्थानीय एक पीडितले बताउनुभयो ।
स्थानीयले दिएको जानकारी अनुसार खोला उत्खनन र माटो काट्ने काम तत्काल बन्द नगरेको खण्डमा सगिर मंसुरी, जाहागिर मंसुरी, रसिदा खातुन, मुस्तसप मंसुरी, जुल्मी मंसुरी, मोहम मंसुरी, हमिदा खातुन इब्राहिम मियाँ, अबतर मियाँ सहित १५ परिवार प्रत्यक्ष जोखिमा परेका छन । खोला कटानका कारणले टपरा बस्तीमा बाढी पस्ने सम्भावनालाई पनि निम्दा दिएको स्थानीय सगिर मंसुरीको गुनासो छ । मंसुरी बस्तीलाई जोखिममा पार्ने एउटै कारण हो , सरकारी ऐलानीमा सरकारी निगरानी नहुनु, स्थानीय बुचुवा मियाँले भन्नुभयो ।
घटनास्थलमा पुगेका संचारकर्मी समक्ष खोला किनारका बस्तीका स्थानीयहरुले खोला उत्खन र माटो काट्ने काम तत्काल बन्द गर्नुपर्ने माग गरेका छन् ।
यता स्थानीयले आरोप लगाएको र खोला उत्खनन गरेको विषयमा इनरुवा नगरपालिका ९ बबियाका हबिब मंसुरीले कुनै पनि जोरजबरजस्ती माटो खन्ने काम नगरि आफ्नो नम्बरी जग्गा कटान भएर पारी गएकाले माटो निकालेको प्रतिकृया दिनुभयो । आफ्नो माटो विक्रि गर्ने वा खन्ने आफ्नो अधिकार भएको मंसुरीको दावी रहेको छ । तर स्थानीयहरुले खोलालाई बस्ती जोखिम पार्ने गरि खन्नु आफूहरु माथि अन्याय भएको जिकिर गरेका छन् ।

