इनरुवा, पुस १८ गते । सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवलाई सम्मान गरेको छ ।

नेकपा माओवादी केन्द्र इनरुवा नगर कमितिले जिल्ला सदरमुकाम इनरुवामा नेकपा माओवादी केन्द्र सुनसरीको बैठक तथा निर्वाचन समिक्षा कार्यक्रममा यादवलाई सम्मान गरेको हो । पार्टीका प्रदेश १ उपाध्यक्ष शिवकुमार डागीं, पोलिटव्युरो सदस्य मुक्साहा लिम्बु मुकेस, रिमा रसाईली, प्रदेश सासद सपना परियार सन्ध्या, पार्टीका जिल्ला अध्यक्ष योगेन्द्र प्रसाद मणडल सहितकाले संयुक्त रुपमा नेकपा माओवादी केन्द्रको सम्मान पत्रबाट यादवलाई सम्मान गरेको थियो ।

सम्मान कार्यक्रममा पार्टीका इनरुवा अध्यक्ष तोया गिरी पोद्धार, सचिब मुख्खतार आमल र इनरुवा इन्चार्ज ओमकार ( ओके दाहाल)ले समेत खाता लगाएर नेकपा माओवादी केन्द्र इनरुवा नगर कमितिको तर्फबाट यादवलाई सम्मान गर्नुभएको थियो । यादवलाई विव्यस अध्यक्ष हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना सहित सम्मान गरेको पार्टीले जनाएको छ ।