प्रदेश सभा सदस्य सपना परियारलाई माओवादीको सम्मान
इनरुवा, पुस १८ गते । नेकपा माओवादी केन्द्रबाट सुनसरीको प्रतिनिधित्व गर्दै प्रदेश १ सभा सदस्यमा समानुपातिक निर्वाचनबाट निर्वाचित प्रदेश सभा सदस्य सपना परियारलाई पनि सम्मान गरेको छ । पार्टीको गौरबका लागि किसोरा अवस्थादेवी नै कृयाशिल रहनुभएका परियारलाई प्रदेश सभा सदस्य हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना सहित सम्मान गरेको जनाएको छ ।


पार्टीका प्रदेश १ उपाध्यक्ष शिवकुमार डागीं, पोलिटव्युरो सदस्य मुक्साहा लिम्बु मुकेस, रिमा रसाईली, पूर्व प्रदेश सासद, पार्टीका जिल्ला अध्यक्ष योगेन्द्र प्रसाद मणडल सहितकाले संयुक्त रुपमा नेकपा माओवादी केन्द्रको सम्मान पत्रबाट परियारलाई सम्मान गरेको थियो । सम्मान कार्यक्रममा पार्टीका इनरुवा अध्यक्ष तोया गिरी पोद्धार, सचिब मुख्खतार आमल र इनरुवा इन्चार्ज ओमकार ( ओके दाहाल)ले समेत खाता लगाएर नेकपा माओवादी केन्द्र इनरुवा नगर कमितिको तर्फबाट सम्मान गर्नुभएको थियो ।

यसैबीच सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवलाई सम्मान गरेको छ । नेकपा माओवादी केन्द्र इनरुवा नगर कमितिले जिल्ला सदरमुकाम इनरुवामा नेकपा माओवादी केन्द्र सुनसरीको बैठक तथा निर्वाचन समिक्षा कार्यक्रममा यादवलाई सम्मान गरेको हो । पार्टीका प्रदेश १ उपाध्यक्ष शिवकुमार डागीं, पोलिटव्युरो सदस्य मुक्साहा लिम्बु मुकेस, रिमा रसाईली, प्रदेश सासद सपना परियार सन्ध्या, पार्टीका जिल्ला अध्यक्ष योगेन्द्र प्रसाद मणडल सहितकाले संयुक्त रुपमा नेकपा माओवादी केन्द्रको सम्मान पत्रबाट यादवलाई सम्मान गरेको थियो । सम्मान कार्यक्रममा पार्टीका इनरुवा अध्यक्ष तोया गिरी पोद्धार, सचिब मुख्खतार आमल र इनरुवा इन्चार्ज ओमकार ( ओके दाहाल)ले समेत खाता लगाएर नेकपा माओवादी केन्द्र इनरुवा नगर कमितिको तर्फबाट यादवलाई सम्मान गर्नुभएको थियो । यादवलाई विव्यस अध्यक्ष हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना सहित सम्मान गरेको पार्टीले जनाएको छ ।
