जयकृष्ण यादव । इनरुवा
इनरुवा, पुस २१ गते । सुनसरीको कोशी गाउँपालिका २ पश्चिम कुशाहामा एक बालकको हत्या भएको छ । पहिचान नखुलेको व्यक्तिले घाटी बटारेर कोशी गाँउपालिका –२ का देवराम यादवको १६ वर्षका छोरा रंजित कुमार यादवको हत्या गरेको हो । बालकको शव बुधबार बिहान गाउँ नजिकैको आलु खेतमा आधा गाडिएर फालिएको अवस्थामा फेला परेको हो । मंगलबार दिउसोदेखि एकाएक घरबाट लौकही गएको र हराएका बालक रंजितको शव बुधबार बिहान स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शरीरमा घाउ चोट र घाटी बटारिएको डाम भेटिएकोले हत्या गरेर नै फालिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले बताउनुभयो । शवको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा पोष्टमार्टम गराई परिवारजनलाई बुझाउने भएको राईले बताउनुभयो । घटनाको अनुशंधानमा प्रहरीले कुकुर परिचालन गरेको र थप अनुशसंधान जारी रहेको छ । थप अनुशंधानका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले काम थालेको जनाएको छ ।