ममता कुमारी यादव
इनरुवा, सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । हिन्दु स्वयंसेवक संघ नेपालको सुनसरी जिल्ला सह संघचालक दिलिप कुमार साहको पहलमा वडामा रहेका उराँव गरिब परिवारका बालबालिकालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो ।

मौसम परिवर्तन भएसँगै जिल्लामा पनि चिसो बढ्दै गएकाले न्यानोका लागि स्विटर वितरण गरिएको हिन्दु स्वयम सेवक संघका सिहेंश्वर मेहताले जानकारी दिनुभयो । चिसोबाट बच्नका लागि बबियाको उराँव टोलमा बुधबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको मेहताले बताउनुभयो । उराँव टोलका ४१ जना बालबालिकालाई स्विटर वितरण गरिएको हो ।

हिन्दु स्वयंसेवक संघ नेपालद्वारा इनरुवा नगरपालिका वडा न. ९ बबियामा उराँव बस्तीमा ४१ जना बालबालिकाहरुलाई स्वीटर बितरण गरिएको कार्यक्रममा हिन्दु स्वयंसेवक संघ नेपालको सुनसरी जिल्ला सह संघचालक दिलिपचन साहु, इनरुवा नगर सह संघचालक सिंहेश्वर मेहता, इनरुवा बिस्तारक अकास जि, संघको स्वयंसेवकहरु बिनोद मेहता, प्रेमलाल उराँव, धनिकलाल खत्वे, रामकुमार यादव, शिक्षकहरु लाबन्य निरौला, गणेश गुरागाँइ, सुनरलाल साह सहित समाजसेवीहरु सत्यनारायण मण्डल खत्वे, कुलेश्वर मेहता, जोगिन्द्र साह, पत्रकार एवं सामाजिक अभियन्ता जयकृष्ण यादवको उपस्थिति रहेको थियो ।

स्वीटर वितरण कार्यक्रमबाट स्थानीयहरु निकै हर्सित भएका थिए भने बालबालिकाहरुले जाडोबाट जोगिने उपहार पाएको प्रतिकृया दिएका छन् । संघले यसबर्ष सुनसरीभरीको एक हजार १०० जना बालबालिकालाई र २५० जना बिपन्न बर्गको जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिने जनाएको छ ।