जयकृष्ण यादव । इनरुवा
इनरुवा, पुस २५ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) १ नम्बर प्रदेश कार्यालय, विराटनगरको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूको लागि दूई दिने क्षमता अभिवृद्धि तालिम ०७९ पुस २५ गतेबाट सीमावर्ती देवानगञ्ज गाउँपालिकामा सुरु भएको छ । देवनागञ्जको जनता मावि मध्यहर्षाही र श्री अमरसिंह मावि साहेवगञ्जका बाल अधिकार चेतना समूहमा आवद्धभएका बालबालिकाहरूलाई बाल अधिकारको ऐतिहासिक पृष्ठभूमि, नेपालको संविधानले बाल अधिकारको लागि गरेको व्यवस्था तथा बाल बालिकासम्बन्धी ऐन, यौन दुर्व्यवहार र त्यस विरुद्धको कानुनी उपचारको प्रकृया, नेतृत्व विकास, बाल अधिकार चेतना समूहको कार्य योजना लगायतका विषयमा सामूहिक रूपमा तालिम दिइरहेको छ ।
कार्यक्रममा इन्सक १ नम्बर प्रदेश कार्यालयका प्रदेश संयोजक सोमराज थापाले इन्सेकले परियोजना कार्यक्रम अन्तर्गत विद्यालयमाहरूमा बाल समूह गठन गर्दै बाल बालिकाको क्षमता अधिवृद्धिको लागि तालिमको आयोजना गरेको बताउनुभयो ।
उहाँले कार्यक्रमलले बलबालिकामा क्षमता तथा नेतृत्व विकास गर्नसक्ने र बालबालिकालाई प्रतिनिधित्व गराएर विद्यालयमा बालभित्ते पत्रिका समेत प्रकाश गर्नसक्ने बनाउनका लागि तालिमको आयोजना गरेको बताउनुभयो ।
बालबालिकाहरुको सर्वागिंण विकासले समाजमा परिवर्तन ल्याउन सकिने धारणा राख्नुहुदै उहाँले हरेक बालबालिकामा अधिकारसँगै कर्तव्यवोध हुनुपर्ने भन्दै कार्यक्रमको अर्को उद्देश्य बालबालिकामा लुकेर रहेको क्षमतालाई प्रस्फुटन गराउने पनि रहेको बताउनुभयो ।


उहाँले तालिममा बाल अधिकार भनेको के हो, बालबालिकाको कर्तव्य र दायित्व, संविधान र ऐन तथा कानुनमा व्यवस्था गरिएका बालबालिकाहरूको अधिकार, बाल सहभागिता, बालअधिकारका चार ओटा स्तम्भ, आवश्यकतामा आधारित अधिकार र अधिकारमा आधारित अधिकार, बालअधिकारको ऐतिहासिक पृष्टभूमि, बालअधिकार महासन्धि र बाल भित्तेपत्रीकाको बारेमा सहजिकरण गनुभएकोथियो । बाल अधिकार, बालसंरक्षण, बालबालिकाको वर्तमान अवस्था, बालअधिकार ऐन सम्बन्धी विषयमा सहजिकरण गर्नु भएको थियो । उहाँले हरेक बालबालिकामा आआफ्नै किसिमका क्षमता हुने भएकाले त्यहि अनुसार अगाडि बढन दिनुपर्ने धारणा राख्नुभयो ।
जनता माविका प्रधानाध्यापक राजकुमार मेहताले विद्यालयमा कार्यक्रम लागु गरेकोमा धन्यावद दिँदै यस तालिम कार्यक्रममा सहभागी बालबालिकालाई सिकेका कुरा आफ्नो विद्यालय र समाजमा सिकाउदै व्यवहारमा उतार्ने विश्वाश व्यक्त गर्नुभयो ।
इन्सेक सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवले बालबालिका भनेका काचो माटो जस्तो भएको र आकार दिनका लागि सबै पक्षको भुमिका आवश्यक रहेको बताउनुभयो । उहाँले बालबालिका कोपिला जस्तो भएकाले उनीहरूलाई शारीरिक, मानसिक, संवेगात्मका, सामाजिक, नैतिक तथा वौद्धिक विषयमा नकारात्मक प्रभाव पर्नबाट बचाउनुपर्ने र साकारत्मक सन्देश प्रवाह गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
यादवले बालभित्ते पत्रिका के हो ?, पत्रिका तयार कसरी गर्ने, यसमा के के विषयहरु समावेस गर्ने, समाचार भनेको के हो, बाल समाचार के हो, यसको महत्व के छ ? लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । यादवले बालभित्ते पत्रिका चिनाी र अभ्यास पनि गराउनुभयो ।


इन्सेक १ नम्बर प्रदेशका फोकल पर्सन बागमती कट्टेलले वतावरण प्रदुषण, यसको असर, वतावरण संरक्षणमा हाम्रो भुमिका, बाल अधिकार संरक्षणमा देखिएका चुनौती, त्यसलाई समाधान गनुपर्ने तौरतरिका, बाल यौन दुर्व्यवहार, बालअधिकार समूहको काम कर्तव्य र बालअधिकार समूहको कार्ययोजनाबको बारेमा सहजिकरण गर्नु भएको थियो ।