सुनसरीको इनरुवा स्थित भगवती माध्यमिक विद्यालयमा सिर्जनामा इनरुवाको २० औँ शृङ्खला सम्पन्न भएको छ । सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवालको अध्यक्षतामा २० औँ शृङ्खला सम्पन्न भएको हो । भव्य रुपमा सम्पन्न कार्यक्रममा शिवनारायण सिङ्गल प्रमुख अतिथि, लोकेन्द्र धामी र दीपक बहादुर बोहोरा विशषे अतिथि रहनुभएको थियो ।

सिर्जनामा इनरुवाको २० औँ शृङ्खलामा साहित्यकार कवी भरत गुरागाईँ बर्बरिक, विनोद विवश घिमिरे, भवानी प्रसाद पोखरेल, रोमु अधिकारी, रोहिणी रसिक, शकुन्तला मन्जरी, निरज कोइराला, विनिता दाहाल, खखेरा, कालीदास कोइराला, टीका शिवाकोटी, विष्णु दाहाल, मनोज दाहाल, अर्जुन दाहाल ओखलढुङ्गे, राजन निरौला, रंगलाल भट्टराई, प्रकाश अनुराग, शारदा भट्टराई, बासुदेव काफ्ले र जेनिस देव लगायतका सर्जक– साहित्यकारहरूले आआफ्नो रचना बाचन गर्नुभएको थियो । कार्यक्रममा साहित्य रचनासगैं विमला पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने संचालन रमेन्द्र कोइरालाले गर्नुभएको थियो ।