इनरुवा, माघ ९ गते । जिल्लाको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले निशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ । स्थानीय सिटिसफारी चालकहरुको आँखामा समस्या रहेको गुनासोको आधारमा सोमबार निशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको हो ।

इनरुवा नगर क्षेत्रभित्रका सिटी सफारी चालकहरुका लागि सञ्चालन गरिएको शिविरमा ७० जनाले सेवा दिएका छन् । यस किसिमका कार्यक्रम सम्पूर्ण वडामा प्रत्येक दिन सञ्चालन गरिने भएको छ । शिविरको इनरुवा १ स्थित सत्य नारायण मन्दिरमा नगर प्रमुख केदार भण्डारीले उद्घाटन गर्नुभएको थियो । स्वास्थ्य शाखाका निखिल पोखरेलका अनुसार मंगलबार इनरुवा २ मा सिटी सफारी चालकहरुका लागि सञ्चालन गरिने तयारी भएको छ ।