सुनसरीमा एक हप्तामा ४८१ जना लागूऔषध दूव्र्यसनीमा संलग्नहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएर उद्धार गरिएको छ । खुल्ला सीमाका कारणले बढ्दो लागू औषधको ओसारपसार, विक्री वितरण तथा सेवनमा संलग्नलाई शून्य सहनशिलताको नीति अवलम्वन गरी प्रचलित कानून बमोजिम कारवाही गर्न प्रहरीले अभियान थालेको छ । कानुनी कार्वाही गरी बढ्दो लागूऔषध दूव्र्यसनलाई न्यूनिकरण गर्नुको साथै लागू औषध प्रयोगकर्तालाई थप जोखिममा पर्न नदिई उनीहरुको समाजमा सामाजिक जीवन पुनःस्थापना गराउन अभिभावकहरुलाई जानकारी÷सम्पर्क गरी थप जिम्मेवार बनाउन अभियान थालेको प्रहरी उपरीक्षक प्रमुख प्रसाद ढकालले जानकारी दिनुभयो ।

ढकालका अनुसार दूव्र्यसन कम गरि समाजमा शान्ती सुव्यवस्था कायम राख्ने उद्देश्यले सुनसरी प्रहरीले जिल्ला अन्तर्गत रहेको लागू औषध सेवन तथा कारोवार हुने विभिन्न स्थानहरुमा विशेष सुरक्षा योजना बनाई अभियान थालेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत सम्पूर्ण प्रहरी ईकाईहरुमा विशेष प्रहरी टोली परिचालन गरीएको र माघ १२ गते देखी १८ गतेसम्मको एक हप्ता विशेष अभियान कार्यक्रम सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।


राईका अनुसार लागुऔषध दुव्र्यसन रोकथाम तथा नियन्त्रण अभियान अन्तर्गत एक हप्ते सात कार्यक्रमको प्रगति बिवरणले सन्तोशजनक अवस्था देखाएको छ । यस लागू औषध सेवन तथा कारोवार हुने विभिन्न स्थानहरुबाट पुरुष ४७३ र महिला ८ गरी ४८१ जना लागूऔषध दूव्र्यसनमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिईएको राईले जानकारी दिनुभयो ।
डीएसपी राईका अनुसार लागूऔषध दूव्र्यसनमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएका मध्ये ४७५ जनालाई सम्झाई बुझाई तथा आवश्यक मनोपरामर्श दिई अभिभावकहरुलाई बोलाई थप जिम्मेवार बनाई अभिभावकहरुलाई जिम्मा लगाईएको छ भने एक जनालाई सुधार केन्द्र पठाईएको छ । त्यसैगरी पाँच जनालाई कानूनी प्रक्रिया वमोजिम मुद्दा चलाई आवश्यक अनुसन्धान कार्य भईरहेको छ । लागू औषध सेवनमा सबै भन्दा बढी १६ देखि ३० बर्ष उमेर समूहका व्यक्तिहरू संलग्न रहेको देखिएको राईको कथन छ । विशेष गरी विद्यालय तथा कलेजमा अध्यनरत युवा समुहको व्यक्तिहरु गलत साथीभाईको संगत,पारिवारिक समस्यमा परेको व्यक्तिहरु लागुऔषधको दुरूपयोग र दुव्र्यसनमा संलग्न भएको देखिएको छ । साथै उनिहरुको व्यक्तिगत बानी व्यहोरा बारे उजिहरुको अभिभावकहरुलाई समेत थाहा नहुने र आफु लागु औषध दुव्र्यसनी तथा सेवनकर्ताको रुपमा चिनाउन नचाहने देखिएको छ ।