आशिष कुमार यादव । सुनसरी
माघ २७ गते । फुटबल खेलाडिलाई प्रोत्साहित र प्रोत्साहन प्रदान गर्न सुनसरीको दुहबीमा पाचौ मेयर कप फूटबल प्रतियोगिता हुने भएको छ ।
शृक्रबार दुहबी नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि नगरप्रमुख बेदनारायण गच्छदारले नगरभित्र बसोबास गर्ने वासिन्दाहरुको एक आपसमा परिचय, मित्रता, आपसी सद्भाव र हरेक वडामा फूटबलको महत्व तथा फुटबल खेलाडिलाई प्रोत्साहित र प्रोत्साहन गर्न पाचौ मेयर कप फूटबल प्रतियोगिता संचालन गर्न लागिएको सोकुरा बताउनु भएको हो ।
शृक्रबार दुहबी नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि फागुन १ गते देखि १२ गते सम्म पाचौं मेयरकप फुटबल प्रतियोगिता सुरु हुने आयोजकले जनाएको हो ।


पत्रकार सम्मेलनमा बोल्दै दुहबी नगरपालिकाका नगर प्रमुख गच्छदारले नगरभित्र यस्तो प्रतियोगिता हुनु सम्पूर्ण नगरवासीका लागि खुशीको कुरा रहेको र यस प्रतियोगिताले खेलाडीलाई प्रोत्साहन, खेलकुद प्रेमिमा हौसला प्रदान हुने बताउँदै यस प्रतियोगिताका लागि नगरपालिका र आफुले प्रतियोगिताका लागि आफ्नो सक्दो सहयोग रहने बताए ।
नगर प्रमुख गच्छदारले स्थानीय स्तरका खेलाडीहरुलाइ र्रा्ष्ट्रिय,अन्तर्रा्ष्ट्रिय स्तरमा पुर्याउने उदेश्यले मेयर कप सुरु गरिएको बताउनु हुँदै दुहबीमा फूटबल एकेडेमी बनाउने अबधारणा अगि सारेको जनाउनु भयो । मेयर गच्छदारले दुहबीमा २ वटा गोल्ड कप र १ मेयर कप हुनु भनेको सुनसरीमै पहिलो स्थानीय तह भएको दाबी गर्नु भयो ।
दुहबी नगरपालिकाको आयोजनामा हुने मेयर कपको संयोजन एलेभेन एरोज क्लब दुहबीले गरेको क्लबका अध्यक्ष दिपक राईले जानकारी दिनुभयो । प्रतियोगितामा दुहबीका नगर क्षेत्रका १२ वडाले प्रतिस्पर्धा गर्नेछ । प्रथम हुने टिमलाई १ लाख २५ हजार २ सय बाइश रुपैया नगद शिल्ड, मेडल,प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरि दोस्रो हुने टिमलाई ७५ हजार हजार २ सय बाइश रुपैया नगद शिल्ड,मेडल,प्रमाणपत्र प्रदान गरिनेछ । र प्रतियोगितामा व्यक्तिगत विधामा उत्कृष्ट हुनेले समेत पुरस्कार पाउने बताईएको छ । उक्त प्रतियोगिता संचालन गर्न आयोजक दुहबी नगरपालिकाले संयोजन एलेभेन एरोज क्लब दुहबी लाई ११ लाख रकम बिनियोजन गरिएको नगर प्रमुख बेदनारायण गच्छदारले जानकारी दिनु भयो ।
आयोजित पत्रकार सम्मेलनमा दुहबी नगरपालिकाका नगरप्रमुख बेदनारायण गच्छदार, नगरउपप्रमुख मेनुका पोखरेल खतिवडा,प्रमुख प्रसासकिय अधिकृत राजकुमार केसी,वडाका वडा अध्यक्षहरु,क्लबका पदाधिकारीहरु, बिभिन्न सङ्संस्थाका प्रतिनिधिहरु, समाजसेवी लगायत नगरवासिहरुको उपस्थिती रहेको थियो ।