जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन १७ गते । सुनसरीको इनरुवा नगरपालिकाको एक मात्रै सुनसरी बहुमुखी क्याम्पसका छात्रा विधार्थीहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ । बुधबार नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई समितिको आयोजना र १ नम्बर प्रदेश सभा सदस्य हाजी इस्राईल मन्सुरीको सहयोगमा सुनसरी बहुमुखी क्याम्पसमा अध्ययरत्त छात्रा विद्यार्थीहरुलाई २५२ वटा प्याकेट सेनेटरि प्याड हस्तान्तरण गरिएको हो ।


सेनेटरी प्याड वितरण कार्यक्रम नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई समितिका सभापति सेराज हुसैनको अध्यक्षता र प्रदेश १ का संसद हाजी इस्राईल मन्सुरीको प्रमुख अतिथित्यता एवम् जिल्ला समन्वय समिति सुनसरीका प्रमुख एवं जिल्ला समन्वय समिति महासंघका केन्द्रिय अध्यक्ष राजन मेहताको उपस्थितीमा सम्पन्न गरिएको जनाएको छ । प्याड वितरण कार्यक्रम विद्यार्थीहरुको माग अनुसार गरिएको र सेनेटरी प्याड प्राप्त गरेपछि विद्यार्थीहरुले खुशी व्यक्त गरेका छन् । प्याड हस्तान्तरण कार्यक्रममा ने.वि.संघ सुनसरी जिल्लाका अध्यक्ष प्रमोद भट्टराई र नेपाली काङ्ग्रेस सुनसरी जिल्लाका पूर्व उपसभापति हरिलाल मेहता, नेपाल विद्यार्थी संघ सुनसरी क्षेत्र नम्बर ४ का उपसभापति अल्फेद अन्सारी, सचिब कुन्दन मण्डल, सुनसरी बहुमुखी क्याम्पस इकाई समितिका सभापति सेराज हुसैन, वरिष्ठ उपसभापति नन्दन गुप्ता, उपसभापति बिनिता यादव, निरज शर्मा, सचिव रोशनी उराँव, शम्भु मेहता, सह–सचिव अञ्जली चौधरी, धिरज मेहता लगायतका नेताहरुले सहयोगी प्रमुख अतिथि मंसुरीलाई धन्यवाद दिनुभएको थियो ।


१, नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई समितिको आयोजना र १ नम्बर प्रदेश सभा सदस्य हाजी इस्राईल मन्सुरीको सहयोगमा सुनसरी बहुमुखी क्याम्पसमा अध्ययरत्त छात्रा विद्यार्थीहरुलाई २५२ वटा प्याकेट सेनेटरि प्याड वितरण गर्नुहुदै ।
तस्विर ः