भोक्राहामा सहकारी व्यास्थापन तालिम
जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन १७ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका सहकारी संस्था लिमिटेड संस्थाका पदाधिकारी तथा समिति सदस्यहरुलाई संहकारी व्यवस्थापन तालिम दिन सुर गरेको छ । सहकारी संघ संस्थाहरुलाई बचत तथा ऋणको कारोबार सँगै पल्र्स तालिम, सहकारी संस्थाहरुका लागि लेखा, व्यवस्थापन, संचालक,माईनोट लेखन सहितको बारेमा तालिममा प्रशिक्षण दिईरहेको छ । सहकारी संस्थाहरुको अध्यक्ष र संचालनक तथा पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्न तालिमको अयोाजना गरेको गाउँपालिकाका अध्यक्ष अजमल अख्खर आजादले जानकारी दिनुभयो । तालिममा सहकारीको अवस्था,जनप्रतिनिहरुसँग सहकारी सम्बन्धी अन्तक्र्रियाको आवश्यक, राजनीतिक दलका प्रतिनिधिहरुसँग सहकारीको ३ खम्बे अर्थनीतिको रुपमा राज्यले गर्नुपर्ने कार्यहरु र सहकारी क्षेत्रमा देखिएका तत्कालिन समस्या पहिचान र समस्या समाधान कसरी ? गर्ने भन्ने बिषयमा तालिम केन्द्रित रहेको सहकारी शाखाका सिताराम मेहताले जानकारी दिनुभयो ।



गाउँमा सहकारी संस्थाले बचत ऋणको कारोबार सहति कृषि, व्यपारको काम गर्ने गरि आधिकारिक रुपमा दर्ता भएर संचालनमा रहेकोले चार दिने सहकारी व्यास्थापन तालिम दिन सुरु गरेको छ ।


नयाँदर्ता भएका र हालसम्म तालिमको कुनै पनि अवसर नपाएका सहकारी संस्थाहरुको छनौट गरी तालिममा सहभागी गराएको जनाएको छ । सहभागीहरुलाई सहकारी कानुन, ऐन तथा निति नियमहरुको वारेमा सहजीकरण गरिएको छ ।
कार्यक्रममा वोल्दै सहकारीकर्मीहरुले यूवा पिडिले समेत सहकारी बुझ्नु पर्ने र वैदेशिक रोजगारीको सट्टा सहकारी मार्फत रोजगारी सिर्जना गर्नुपर्ने धारण व्यक्त गर्नुभयो । साथै व्यवसायिकरुपमा स्वस्थ्य प्रतिस्पर्धामा सहकारी चल्न सक्नु पर्ने आवश्यकता औल्याउनुभयो ।
