विधार्थीको सहभागितामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा कार्यक्रम सम्पन्न
हिन्दु स्वयंसेवक संघ नेपाल सुनसरीको आयोजनामा पहिलो पटक वृहत विधार्थी सहभागितामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

संघद्वारा सुनसरी बहुमुखी क्याम्पस इनरुवाको प्राङ्गणमा आईतबार आयोजित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०७९ भव्यताका साथ सम्पन्न भएको हो । कार्यक्रमको संयोजक जिल्ला संघ चालक मनोज कुमार यादवको अध्यक्षतामा सम्पन्नभयो


यहाँ आयोजित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा कार्यक्रममा इनरुवा नगरपालिका सहित जिल्लाभरीका विधार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा समाजसेवीहरुले एक एतिहासिक कार्यक्रमको रुपमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षालाई व्यख्या गरेका छन् ।




कार्यक्रममा हिन्दु स्यमसेवक संघका दिलिपचन साहु, मनोज कुमार यादव, राजकुमार मेहता, नेपाल यादव सेवा समितिका अध्यक्ष भुवनेश्वर यादव र प्रदेश सभा सदस्य रामप्रसाद मेहचा तथा उधोग बाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र कुमार साह सहितको उपस्थिती रहेको थियो । कार्यक्रममा विधार्थीहरुले परिक्षाक
ा साथै संस्कृतिक र मनोरन्जनात्मक प्रस्तुति समेत देखाउनुभएको थियो ।
