युवा संघको भोक्राहा नरसिंह गाउँपालिकामा नयाँ नेतृत्व
जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन २७ गते । एमाले सम्वद्ध राष्टिय युवा संघ नेपाल सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको छ । संघको अध्यक्षमा अभिनाश उराँव सर्वसहमती चयन हुनुभएको छ । सनिबार बिहान सम्पन्न संघको गाउँपालिकास्तरीय दोस्रो अधिवेशनले उराँवलाई अध्यक्षमा चयन गरेको हो ।
त्यसैगरी उपाध्यक्षमा भिमबहादुर बस्नेत, सचिवमा रामकृष्ण मेहता, सहसचिवदोयमा चन्दन साह र आसिक आलम र कोषाध्यक्षमा धिरज मेहता चुनिभएको छ । संघको भोक्राहा नरसिंह गाउँकमिटि ४५ सदस्य चयन गरेको निर्वमान अध्यक्ष रमेश कुमार यादवले जानकारी दिनुभयो । यसैबीच संघको अधिवेशनलाई उद्घाटन गर्नुहुदै एमालेका केन्द्रिय सदस्य पूर्व प्रदेश मन्त्री जगदिश प्रसाद कुसियैतले पार्टी जनताको सेवाका लागि काम गर्नुपर्ने भएकाले त्यसमा युवासंघले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।



नेता कुसियैतले चुनावका बेलामा मात्रै नभई जनतासंग प्रत्येक दिननै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । युवा शक्ती देशको कर्णधार भएकाले पार्टीको नीतिलाई जनताको घरदैलोमा लान योगदान गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी एमालेका सुनसरी सचिव पर्शुराम यादवले युवाहरुको सङ्गठनका वर्तमान समाज परिवर्तन र विकासको पक्षमा उभिनुपर्ने बेला आएको बताउनुभयो । अधिवेशनमा केन्द्रिय सदस्य सरोज पोखरेल, स्थानीय नेता रामकुमार मेहता, बाबुराम साह, राजेश्वर प्रसाद साह सहितकाले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
निर्वमान अध्यक्ष यादवलाई एमालेको सम्मान

राष्टिय युवा संघ नेपाल भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष रमेश कुमार यादवलाई नेकपा एमालेले सम्मान गरेको छ । नयाँ नेतृत्व चयनमा योगदान र आफ्नो कार्यकाल सफल पारेको भन्दै सम्मान गरेको पार्टीका केन्द्रिय सदस्य जगदिश प्रसाद कुसियैतले जानकारी दिनुभयो ।प्रमुख अथिती नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुनसरी ईन्चार्ज जगदिश कुसयैत तथा राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश स- ईन्चार्ज देवान्नद मेहताको विशिष्ट अथितीको आगमनमा राष्ट्रिय युवा संघ नेपाल भोक्राहा नर्सिङ्ग गाउँ कमिटिको दोस्रो गाउँ अधिवेशन भव्यत्ताका साथ सम्पन भएको थियो ।
