नुर आलम
इनरुवा, फागुन ३० गते । सुनसरीको कोशी गाउँपालिकामा गाउँगाउँ र टोलटोलका किसोरीहरुलाई स्वास्थ्य जिवनको बारेमा प्रशिक्षण दिन सुरु गरेको छ । किसोरीहरु भविष्यका कर्णधार भएकाले उनीहरुलाई अनुशासित खानपान, बानी व्यवहार, अनुशासित दिनचर्या भावनात्मक अनुशासनका बारेमा प्रशिक्षण दिन सुरु गरेको हो । किसोरा अवस्थाको शारिरिक, मानसिक र संवेगात्मक परिवर्तनको असरलाई ध्यानमा राख्दै जीवनशैली परिवर्तन गर्नुपर्ने बारेमा प्रशिक्षण दिएको कोशी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सहयोग गरेर जनसम्र्पक मिडिया प्रालिले स्वास्थ्य जिवनका लागि स्वास्थ्य खानपान, बाहिरि वतावरणमा सर्तकता, सकारात्मक सोंचको विकास गर्ने बारेमा जिल्ला प्रहरी कार्यालय र प्रशिक्षकहरुले सहभागीहरुलाई प्रशिक्षण लिएको प्रालिका अध्यक्ष मिकाईल आलमले जानकारी दिनुभयो । आलमका अनुसार किसोरीहरुलाई पूर्ण रुपमा निरोगी, तन्दुरस्त, उर्जावान भएर बाँच्नका लागि सबै खाले अनुशासन पालना कसरी गर्ने ?, दिनचर्या, खानपान र सकारात्म्क चिन्तन कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण दिएको हो ।


कार्यक्रममा प्रशिक्षक जयकृष्ण यादवले कोशी गाउँपालिकाको सहयोग, जिल्ला प्रहरी कार्यालय सुनसरीको सहजीकरण तथा जनसम्पर्क मिडिया प्रालिको आयोजनामा किसोरीहरुलाई अभिमुखिकरण गर्नुभएको थियो । सुरक्षित भविश्ष्का लागि स्वास्थ्य समाज, स्वास्थ्य परिवार र स्वस्थ्य व्यक्तित्वको बारेमा किसोरीहरुलाई अभिमुखिकरण गरिएको आयोजक संस्थाका अध्यक्ष आलमले जानकारी दिनुभयो । कार्यक्रममा कोशी ८ का वडा सदस्य तथा न्यायिक समिति सदस्य कमरुद्दिन मियाँ,, सशस्त्र प्रहरी बल नेपाल बिओपी भण्टाबारीका इन्स्पेक्टर मनोज खनाल, पत्रकार सज्जाद आलम, नुर आलम, कलाउद्दिन मियाँ, नाजिर शेख, श्री आधारभुत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राजकुमार यादव, प्रधानाध्यापक मोहित नारायण मण्डल, समाजसेवी तजमुल मंसुरी, शिक्षक रिना भारती र प्रमिला यादव लगायतले किसोरीहरुलाई स्वास्थ्य विजब र सुन्दर भविष्यका बारेमा बोल्नुभएको थियो । सुरक्षित भविष्यका लागि स्वास्थ्य किशोरी कार्यक्रममा ६० जना बढी किशोरकिशोरीहरुको सहभागिता रहेकोे थियो । सहभागीहरुलाई पत्रकार यादवले भविश्यका कर्णधार किसोरकिसोरीलाई शिक्षाको अवसर सहित उनीहरुको सुन्दर भविष्यका लागि चौतर्फी विकासमा जोड दिनुभयो । सीमावर्ती गाउँ, समाजमा महिला माथिका हिंसा, मानव बेचबिखन, लागूऔषध कारोबार, घरेलु हिंसा, बालबिबाह लगायतका समस्याहरु रहेकाले त्यस बारेमा जानकारी गराउदै त्यसबाट आफू र आफ्नो परिवारका सदस्यहरुलाई कसरी बच्न र बचाउन सकिने भन्ने उपायका बारेमा जानकारी गराएका थिए ।

१, सुनसरीको कोशी गाउँपालिकामा किसोरकिसोरीलाई प्रशिक्षण दिर्दै । तस्विर ः नुर आलम