राजेश यादव । इनरुवा
इनरुवा, चैत ३ गते । सुनसरीको इनरुवा नगरपालिकाले शुक्रबार सरोकारबालाहरुको बीचमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिकाले आर्थिक वर्ष ०७९÷०८० को दोस्रो चौमासिकसम्ममा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो ।
न्गरपालिकाले सम्पन्न गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चितताका निम्ति आफ्नै सार्वजनिक सुनुवाई कार्यविधि निर्माण गरि सरोकारबाला नगरबासीको उत्साजनक सहभागितामा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको इनरुवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राईले बताउनुभयो ।

https://www.youtube.com/watch?v=d0SL8Ag3QB4
इनरुवाका नगर केदार भण्डारीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा दुई बढी सरोकारबालाहरुले प्रत्यक्ष रुपमा आ आफ्ना सवालहरु राख्नुभएको थियो । सवाल राख्नेहरुले नगरदेखी वडाका सबै काममा परदर्शिता हुनुपर्ने, टिकाउ हुने विकास गर्नुपर्ने, सुशासनका लागि सार्वजनिक सुनुवाई नियमित गर्नुपर्ने र वडा कार्यालयको हकमा वडा अध्यक्ष र सचिव तथा कर्मचारीहरु कार्यालय समयसम्म पूर्ण रुपले बस्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा इनरुवा ५ का कुमार पोखरेलले कर्मचारी र जनप्रतिनिधि कार्यालयमा नियमित नबसेकाले कार्यालय सयमसम्म बस्नुपर्ने वतावरण निर्माण गर्नुपर्ने, कहिकतै जाने भए कार्यालयमा लिखित रुपमा सूचना राख्नुपर्ने , योजनाका स्टिमेटहरु सबैलाई खाजेको बेला देखाउनुपर्ने वा उपलव्ध गराउनुपर्ने सुझाव दिनुभयो ।

इनरुवा २ का प्रकाश मेहताले इनरुवा घण्टा घर र निर्माण किन अवरोध भएको भन्दै घण्टा घर निर्माण कार्य अगाडि बढाउनुपर्ने, विद्यालयमा माटो पुर्ने काममा पारदर्शिता गर्नुपर्ने, सरसफाईमा ध्यान दिनुपर्ने सुझाव राख्नुभयो । इनरुवा ३ का प्रमोद आचार्यले वडाको सिमासंरचना नै विभेदपूर्ण रुपमा भएको, बाढीको मारमा परेको, मुल विनाको ढल निकासले दुख पाएको गुनासो गर्नुभयो । प्रेमलाल ठाकुरले कार्यालयमा काम गर्ने समयमा जनप्रतिनिधिदेखी कर्मचारीसम्मले मोवाईल खेलाएर बसेकाले अचारसंहिता बनाई लागु गर्नुपर्ने, विकासलाई दिगोपनासंग जोडेर हेर्नुपर्ने सुझाव राखनुभयो ।
जनता समाजवादी पार्टीका नेता दिलिपचन्द साहुले शिक्षा सुधारका लागि पाठ्यघण्टाका आधारमा पठनपाठ गर्ने व्यवस्थाको कार्यान्वयन गर्नुपर्ने , मावि तहमा प्रअ नियुक्तको प्रक्रिया थालेर योग्यता प्रणालीको अभ्यास गर्नुपर्ने, शैक्षिक क्षेत्रमा वार्षिक कार्यतालिका र वार्षिक कार्य योजनाका बनाई लागु गर्नुपर्ने र शैक्षिक क्षेत्रमा प्रभावकारी अनुगमन तथा सुपरिवेक्षणको समयन्त्र निर्माण गर्नुपर्ने , प्राविधिक शिक्षा, विद्यालयको सम्पती र जग्गाहरुको खोजविन गरि नापजाच सहित उपयोगमा ल्याउनुपर्ने, माविहरुमा कक्षा १२ र प्राविधिक धारको पढाईका लागि पहल गर्नुपर्ने सुझाव दिनुभयो । अस्पताललाई स्तोरोन्नती गर्नुपर्ने, रत्तसंचार केन्द्र, शिक्षण अस्पतालको रुपमा विकसित गर्नुपर्ने, विद्यलायमा अनावश्यक दबाव र हस्तक्षेत्र बन्द गर्नुपर्ने सुझाव दिनुभयो । इनरुवा ५ का श्यामहरि भट्टराईले स्टिमेट विनाको ढल र भएको कामको पारदर्शिता गर्नुपर्ने, माछा पोखरी र कृषि कार्यक्रममा किसानको पहुच हुनुपर्ने बताउनुभयो ।
सहभागी रोहित चौधरीले नगरदेखी वडासम्म अपांगमैत्री भवन निर्माण र अपागंमैत्री व्यवहार गर्नुपर्ने, चरा संग्राहालयको यर्थात सार्वजनिक गर्नुपर्ने, इनरुवा ४ को कालोपत्रे अनियमितताको छानविन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र कृषि तथा पशु क्षेत्रमा बजेट बढाउनुपर्ने माग गर्नुभयो ।
इनरुवा ९ का विनोद मेहताले नगरका चार वटै स्वास्थ चौकीहरुमा प्रसुति गृह संचालन गर्नुपर्ने, चौकी कार्यालय समयसम्म खुला राख्नुपर्ने सुझाव दिनुभयो ।
अर्का सहभागी राजेश यादवले स्वास्थ्य चौकीमा ३५ प्रकारका न्युनतम औषधीको व्यवस्थापन गर्नुपर्ने, चौकीमा स्वास्थ्यकर्मी भेटाउनुपर्ने, मछरको विरुद्ध विषाधी छर्नुपर्ने माग गर्नुभयो ।
फेकुलाल यादवले सेवाग्राहीलाई सहज तरिकाले सेवा दिनका लागि हेल्प डेक्स राखि निशुल्क रुपमा निवेदन लेख्ने, फारम वितरण गर्ने र अन्य परामर्शको व्यवस्था वडाहरुमा गर्नुपर्ने सुझाव दिनुभयो । यादवले कार्यालय पोसाक र परिचय पत्र सम्पूर्ण कर्मचारीहरुले लगाउनुपर्ने , नेम प्लेट भएको कर्मचारी बाहेक अरु कर्मचारी त्यस कुर्सी बस्न नहुने सुझाव दिनुभयो इनरुवा २ का विरेन्द्र साहले ढल निकासको प्रभावकारी बन्दोवस्ती मिलाउनुपर्ने बताउनुभयो ।


शिव कुमार यादवले जेल मैदान राष्ट्रियस्तरको रंगशाला बनाउनुपर्ने, खेलमैदानको उपभोक्ता समितिमा अन्य वडाकालाई किन राखेको प्रश्न गर्नुभयो ।
इनरुवा ६ का नारायण आचार्यले खानेपानी, इनरुवा सखुवागाछी देखी नहरसम्मको बाटो र ढल निकासको व्यवस्था गर्नुपर्ने, सोमबारे हाट,बिहिवारे हाट र सुनसरी क्याम्पस अगाडिको तरकारी बजारको आधुनिकीकरणमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा उमेश बजगाई, रामबहादुर कटवाल, सुरेश शर्मा, एमालेका नगर अध्यक्ष प्रेम पौडेल, नेकपा माओवादी केन्द्रका रमेश भट्टराई, बबिता स्वर्णकार, नगरपालिकाका उपप्रमुख वीनित कुमारी मेहता, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रभु प्रसाद ढकाल, विभिन्न वडाका जनप्रतिनिधी तथा सरोकारवालाका साथै स्थानीय नगरबासीको उपस्थिती रहेको थियो । नगरपालिकाकाको आयोजना तथा साझेदारी नेपालको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको सूचना प्रविधि अधिकृत निरज पोखरेलले जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण पत्रकार जयकृष्ण यादव र सुकष्देव चौधरीले गर्नुभएको थियो ।


कार्यक्रमका सहभागीले पालिकाको विकासका लागी साना भन्दा पनि ठुला योजनामा केन्द्रीत भएर लाग्न सुझाब दिएका थिए । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएकोमा सुझाव ग्रहण गर्दै सवालको जवाफ नगर प्रमुख केदार भण्डारी, उपप्रमुख वीनिता कुमारी मेहता, प्रमुख प्रशासकिय अधिकृत दशरथ राई, वडा अध्यक्ष अनिल पोखरेल लगायतकाले दिनुभएको थियो ।