जनगुनासो
न्यायधिशका कारणले कतै विकासमा अवरोध भएकोछ
केही कानुन व्यवसाय भन्नेले जनता लुटेर खाएको छ ।
न्यायधिशका कारणले कयौ सिधासोझा मारमा परेको छ
केही विचौलियाले मुद्धाको नाममाम खल्ती भने भरेको छ ।
देशमा न्यायलयको नाममा सिण्डिकेट चलाएको छ
कमिसन र सास्तीको रापताप निकै बढाएको छ ।
लेखेको कुरा पनि पढन अल्छी मान्ने न्यायधिश बनेको छ
शक्ती केन्द्रको इसारामा न्यायलयलाई बदनाम बनाएको छ ।
कहिले नेटको नाममा त कहिले विदाको नाममा सास्ती दिएको छ
बिचौलियाको माध्यमबाट कानुनको खोस्टाको आडमा कमाएको छ ।
सेतो दौरासुरुवाल र कालो कोट भित्र कालो धन्दा चलाएको छ
नागरिकलाई न्याय भन्दा पैसाको आडमा अन्यायमा पारेको छ ।
बिचौलिया पाल्नका लागि चढेको पेसी पनि झारेको छ
न्यायधिशको नाममा जनतालाई अकालमै मारेको छ ।।
ढिलो न्याय गर्नु भनेको अन्यया र यातना दिए सरह हुन्छ
तर पनि महान भन्दै यथार्त प्रमाण , तथ्य भएर पनि दुख दिन्छ ।।
भ्रष्टहरु प्रष्ट छन तै पनि किन कसैले बोल्दैन
कमिसनको रसले किन तथ्य बाहिर खोल्दैन ?
बाउ लुट्ने छोराले खाने , छोरा लुट्दा बाउले खाने
बाउ नयाँसंग र छोरा साईकोसंग खोई कता जाने ?
कसैसंग मेल खाए नरिसाउनु किन कि जनताको गुनासो लोकतन्त्रमा वाक स्तन्त्रता त छ होला नी । यदी यस्ते गर्नेहरु छन् वा हो भने सुर्धिनु होला नभए त मतलवै भएन्
