महायज्ञ र झाकी प्रदर्शनमा भक्तजनहरु बढदै क्रम जारी
सुरेन्द्र मेहता
भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिमामा सङ्गितमय प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञ र झाकी प्रदर्शन कार्यक्रमा श्रद्धालु भक्तजनहरुको दिन प्रती दिन कार्यक्रमा भिड भाड बढ्दो क्रम जारी रहेका छ्न।
पालिका वडा नम्बर १ स्थित रहेको प्रभु रामजानकी मन्दिरको प्राङ्गणमा भइरहेको नो दिवसय कार्यक्रमको तेस्रो दिन बाट भक्तजनहरुको भिड भाड बढ्दै गएको हो ।
नोदिवशिय कार्यक्रम अन्तर्गत चैत ८ गते कलश यात्रा यज्ञ मण्डपबाट प्रारम्भ गरि भव्य रूपमा बाजा- गाजा सहित सप्तकोसीको जल भरेर ल्याउनुका साथै अखण्ड हवन यज्ञ सुरु भइरहेको छ । चैत १७ गतेसम्म हुने कार्यक्रमा धर्म प्रती आस्था ,श्रद्धा र धर्म प्रेमी भक्तजनहरुको तेस्रो महायज्ञ समारोहको तेस्रो दिन निकै उत्साह देखिएको थियोे ।
प्रत्येक दिन विहान ८ बजे देखि ११ बजे सम्म दिपकिशोर गुरु बाट रामायण पाठ तथा प्रवचनका साथै प्रत्येक दिन २ बजे देखि ८ बजे राती सम्म पुन कथा प्रवचन ,अतिथी सम्मान साथै झाकी प्रदर्शन कार्यक्रमा भोक्राहा नरसिंह गाउँ बासी लगायत अन्य वरिपरि पालिकाका धर्म प्रती चासो राख्ने श्रद्धालु भक्तजनहरुको कार्यक्रमा उत्साह देखिको प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञ मुल समारोह समेतीले जानकारी दिएका हुन।
कार्यक्रमा आउने समपुर्ण भक्तजनहरुको लागि बस्नका लागि टेन्ड हाउस पण्डाल ,खाना ,पिउने शुद्ध पानी ,दिसापिसाब गर्नका लागि आवश्यक सोचालय र रमाइलो मेलाको इत्यादिको व्यवस्थापन गरिएको आयोजक मुल समारोह समितिले बताउनु भएको छ ।
