सन्तोश साह

कोशी । सुनसरीको कोशी गाउँपालिकामा सकारात्मक परिवर्तन‌का लागि कोशी संवाद” कार्यक्रम आयोजना गरिएको छ। परिवर्तनको अभियानसंगको सह‌कार्यमा कोशी गाउँपालिका-३ कोशीटप्पु स्थित अक्वा वर्ड इको रिसोर्टमा तीन दिवसीय संवाद आयोजना गरेको हो ।

व्यक्तिको नैतिक नेतृत्व क्षमताको अभिवृद्धि र सामाजिक मूल्य मान्यतालाई दैनिक जीवनमा आत्मसात गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरेको हो। सार्थक परिवर्तनका लागि कार्यक्रम उपयोगी रहेको कोशी गाउँपालिकाकी उपाध्यक्ष अनिता देवी यादवले बताइन । कार्यक्रममा 28 जना पुरुष र 14 जना महिला गरि 42 जनाको सहभागिता रहेको छ ।

समाजमा बढ्‌दो विकृति असन्तुष्टी र सहभास्तित्वको अभावलाई अन्तरमनले सम्बोध गर्दै समाजमा सकारात्मक भावनाको विकास गर्न तीन दिवसीय कार्यक्रममा विभिन्न क्रियाकलाप संचालन गरिने परिवर्तनको अभियान‌का अगुवा सरोज ढुंगानाले बताए । यो संस्थाले ६३ भन्दा बढी मुलुकमा क्रियाशिल रहेको यो अभियान‌ले विश्वव्यापी रूपमा सद्‌भावना र सह‌अस्तित्व प्रबर्द्धन गरिरहेको उनको भनाई छ।