इनरुवाको सुपरमार्केट भवन जिर्ण, दुर्घटनाको जोखिम
सुनसरीको इनरुवा नगरपालिकाको आफ्नै लगानीमा निर्माण भएको इनरुवाको सुपरमार्केट भवन जिर्ण बनेको छ । वीस वर्ष अघि निर्माण भएको भवनमा विरुवा उम्रेकाले चिरा पर्ने, चर्किने अवस्था देखिएकाले दुर्घटनाको जोखिम हुने गरि भवन जिर्ण बनेको हो । एकातिर सस्तोमा भाडा लिएका व्यवपारीहरुले प्रश्न गर्न चाहेका छैन भने अर्को तिर भवन जिर्ण बनेको विषयमा नगरपालिका अनविज्ञ जस्तो बनेको छ । अहिले पुरानो भवनमा ठाउँठाउँमा बर र पिपलको विरुवा उम्रेर हुर्केको छ भने ठाउँठाउँमा ढलान चर्किन लागेको स्थानीयहरुले बताएका छन् । ठूलो हाबाहुरीमै भवन जिर्ण जोखिम हुनसक्ने र भुकम्प भए ठूलो धनजनको क्षती हुन सक्ने व्यपारीहरुको गुनासो रहेको छ ।

स्थानीयहरुले भवन जिर्ण बनेको भवनको मर्मत संभार र रगरोगंन गर्नुपर्ने कि त नयाँ बनाउनका लागि भत्काउनुपर्ने नगरपालिकालाई सुझाव दिएका छन् । यस दुई तल्ले जिर्ण भवनमा सानाठूला गरि ३२ वटा सटर रहेको छ । सुनचादी व्यसायीदेखी फलफुलसम्म र सिलाईकटाईदेखी मोवाईलसम्मको पसल उही जिर्ण भबनमा संचालनमा रहेको छ । स्थानीय व्यपारीहरुले पार्किग र अन्य सुविधा तथा रेलिंगको काममा पनि ध्यान दिनुपर्ने सुझाव दिएका छन् । इनरुवाको पहिचानसंग पनि जोडिएको इनरुवा नगरपालिकाको सुपर मार्केट भवन आफ्ै जिर्ण भएकाले बजारको स्वरुपमा असर परेको स्थानीयहरुले बताएका छन् ।
