शुक्रबारदेखि सुनसरी सहित देशभर सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) व्यवस्थित, मर्यादित, शान्त र भयरहित रुपमा भईरहेको छ । परीक्षालाई मर्यादित बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपिल गर्नुभएकोले छिटफुट बाहेक एसईई) व्यवस्थित, मर्यादित, शान्त र भयरहित रुपमा भईरहेको छ । सोमबारसम्म तीन विषयको परीक्षा सम्पन्न हुदाँ एसईई व्यवस्थित, मर्यादित, शान्त र भयरहित रुपमा भईरहेको परीक्षा समितिले जनाएको छ ।
सुनसरीको सदरमुकाम इनरुवाको पाच वटा केन्द्रमा पनि परीक्षा पूर्ण रुपमा व्यवस्थित, मर्यादित, शान्त र भयरहित रुपमा भईरहेको अनुगमनमा रहनुभएका इनरुवाका नगर प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो । उता प्रदेश सभा सदस्य रामप्रसाद मेहताले पनि एसईई परीक्षा केन्द्रको निरिक्षण गर्नुभएको छ ।

उता इनरुवाको दुई केन्द्रमा १२ जना अनुपस्थित रहेका छन् । सोमबार राजाजी मावि इनरुवा २ मा चार जना परीक्षार्थी अनुपस्थित रहेको केन्द्राध्यक्ष नारायण मेहताले जानकारी दिनुभयो । त्यसैगरी सरस्वती मावि इनरुवा ९ बबियामा आठ जना परीक्षार्थी अनुपस्थित रहेको सहायक केन्द्राध्यक्ष देवकृष्ण यादवले जानकारी दिनुभयो । राजाजीमा २७७ परीक्षार्थी मध्ये छात्र १४२ र छात्रा १३१ उपस्थित र चार जना अनुपस्थित रहेका छन् । सरस्वतीमा ३०१ परीक्षार्थी मध्ये छात्र १५४ र छात्रा १३९ उपस्थित र आठ जना अनुपस्थित रहेका छन् ।
चैत १७ देखी सुरु भएको परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) का अनुसार परीक्षामा सम्मिलित हुने देशभरिका पाँच लाख १६ हजार ५७७ जना परीक्षार्थी सहभागी भएका छन् ।
पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । परीक्षाका लागि देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन् ।

https://www.facebook.com/100064098160593/videos/115629848154054