इनरुवा, चैत २२ गते । सुनसरीको दुहबी नगरपालिकाका महिला जनप्रतिनिधिलाई उपेक्षा गरेको भन्दै वडा अध्यक्षहरु विरुद्ध ज्ञापन पत्र बुझाएको छ । एउटै निर्वाचन प्रकृयाबाट जितेर आएको भएपनि वडाअध्यक्षहरुले आफूखुसी गर्ने र महिला सदस्यहरुलाई उपेक्षा गरेको आरोप बाहिरिएको बेला दुहवीका महिला सदस्यहरुले नगरप्रमुख वेदनारायण गच्छदारलाई निर्णयमा अर्थपूर्ण सहभागिताको माग सहित ज्ञापन पत्र बुझाएका छन । निर्वाचित महिला वडा सदस्यहरुले सामूहिक रुपमा दुहबी नगरप्रमुख गच्छादारलाई ज्ञापन पत्र मार्फत ध्याकार्षण गराएका हुन् । नगरप्रमुखको कार्यकक्षमै पुगेर नगरका १२ वटै वडाका महिला वडा सदस्यहरुले वडाको बैठक पारदर्शी गर्नुपर्ने, नेमप्लेट सहित कुर्सीको व्यवस्था गर्नुपर्ने, बैठकमा आफूहरुको उपस्थिती अनिवार्य हुनुपर्ने, हस्ताक्षर मात्रै गर्ने प्रवृति अन्त्य गर्नुपर्ने सहितको माग राखेर ज्ञापन पत्र बुझाएका हुन् ।
वडा अध्यक्षहरुले वडाको सम्बेदनशिल गतिबिधि, विकास निर्माण, योजना तथा कार्याक्रम कार्यन्वयनको बारेमा जानकारी नदिने, मासिक बैठकमा हस्ताक्षर गर्न मात्र बोलाउने अबस्था रहेकाले आफूहरुलाई भुमिका बिहिन बनाएको गुनासो सहित ज्ञापन पत्र बुझाएका छन् । भुमिका विहिन नभई जनप्रतिनिधिको भुमिका निर्वाहमा जिम्बेवारि दिनुपर्ने, महिला वडा सदस्यहरुलाई योजना तर्जुमा सम्बन्धी तालिम दिनुपर्ने, नगरमा महिला वडा सदस्यहरुका लागि महिला जनप्रतिनिधि सञ्जाल कार्यकक्षको व्यवस्था गर्नुपर्ने, बैठक बोलाउदाँ कम्तीमा तीन दिन अगावै एजेण्डा सहितको जानकारी पत्र दिनपर्ने लगायतका माग सहित नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएको महिला वडा सदस्यहरुको संजाल संयोजक ललिता चौधरीले जानकारी दिनुभयो । संहसंयोजक मिना श्रेष्ठका अनुसार महिला सदस्यहरु नबोलेकोले वडा अध्यक्षहरु एकलौटी गर्न थालेपनि ज्ञापन पत्र बुझाइएको हो । नगरप्रमुख गच्छदारले सबै महिला सदस्यहरुलाई वडाका समस्या सोधेर वडामा रहेको समस्या समाधान गर्नेे र महिला सदस्यहरुको सजाललाई आफूले न्यायोचित हुने गरि सघाउने प्रतिबद्धता जनाउनुभयो । जायज माग सम्वोधन गर्ने आश्वासन दिदै ढुक्क हुन आग्रह गर्नुभ्यो ।


१, सुनसरीको दुहबी नगरपालिकाका महिला जनप्रतिनिधिलाई उपेक्षा गरेको भन्दै वडा अध्यक्षहरु विरुद्ध नगरप्रमुखलाई ज्ञापन पत्र बुझाउदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा