स्लो मोटरसाईकल रेसमा आलम प्रथम
जयकृष्ण यादव । इनरुवा
इनरुवा, चैत २५ गते । सुनसरी सदरमुकाम इनरुवामा स्लो मोटरसाईकल रेस कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न भएको स्लो मोटरसाईकल रेस प्रतियोगितामा रेहन आलम प्रथम, किंकर मेहता दितिय र प्रमानन्द मेहता तृतिय हुनुभएको छ ।



ईनरूवा जेसिजको आयोजनमा सम्पन्न भएको स्लो मोटरसाईकल रेस खेल प्रतियोगितामा प्रथमलाई पाँच हजार एक सय रुपियाँ, द्धितियलाई तीन हजार एक सय र तृतियलाई एक हजार एक सय रुपियाँ नगद, प्रमाण पत्र र सिल्ड प्रदान गरिएको जेसिजका इनरुवा अध्यक्ष खेमराज थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार पुरस्कृतहरुलाई प्रमुख अथिति एवम् जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, नेपाली कांग्रेस सुनसरीका सचिव बिरेन्द्र साह, जेसिजका पूर्व अध्यक्षहरु जितेन्द्र यादव, विनोद मिश्र, शिव यादव सहितले पुरस्कार वितरण गर्नुभएको थियो ।


१, सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न भएको स्लो मोटरसाईकल रेसका विजयी प्रतियोगिहरु ।
तस्विर ः । इनरुवा
