सुनसरीको गढी गाउँपालिका ५ सतैरझोरामा स्थानीय जनप्रतिनिधि तथा कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । जनप्रतिनिधि र कर्मचारीलाई स्थानीय सरकार बारेको नीतिगत व्यवस्था र यससम्बन्धी कानूनी व्यवस्थाबारे बुझाउँदै क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने स्थानीय कर, खरिद प्रक्रिया, न्याय निरुपण र मेलमिलापजस्ता विषयमा जनप्रतिनिधिलाई जानकारी गराएको छ ।

कार्यक्रममा पत्रकार एवं स्थानीय तहका सुशासन बारेका जानकार जयकृष्ण यादवले स्थानीय जनप्रतिनिधिको क्षमता अभिवृद्धि गरी जनताको सेवा प्रवाहलाई सरल र सहज बनाई जनताको न्यायमा पहुँच स्थापित गर्ने बारेमा सहजिकरण गर्नुभएको थियो । स्थानीय कानून तर्जुमा र सूचनाको हक, तीन तहको सरकार बीचको सम्बन्ध, सरकारहरुका बीचमा अन्तर सम्बन्ध स्थानीय कर, खरिद प्रक्रिया सम्बन्धमा प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा गढी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष चन्द्रकुमार सरदार, वडा सचिव श्यामकुमार साह, वडा सदस्य श्यामकुमार यादव, समृदेवी गुरुगं र राधाकुमारी ऋषिदेव तथा सम्पूर्ण वडाका कर्मचारीहरु गरि ११ जनाको सहभागिता रहेको थियो । वडा कार्यालयमा क्षमता विकास तालिमसगै व्याग हस्तान्तरण गरेको थियो ।