इनरुवाका विधार्थीले समयमा पुस्तक पाएनन्
इनरुवा, बैशाख २ गते । सुनसरीमा विधार्थीहरुले नयाँ शैक्षिक सत्र सुरुको पहिलो दिन बैशाख ३ गते विधार्थीले पुस्तक नपाउने भएका छन । सरकारले यस वर्ष विद्यालय तहका विद्यार्थीलाई समयमै पाठ्यपुस्तक पु¥याउन सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रलाई ६ देखि १० कक्षासम्मको र निजी प्रकाशकलाई १ देखि ५ कक्षासम्मको पुस्तक छाप्न दिएकोमा पहिलो दिन नै विधार्थीले पुस्तक नपाउने भएका हुन । निजीले कक्षा १ देखि ५ सम्मका पुस्तकहरु विक्रिता पुस्तक पसलहरुलाई दिएको भएपनि जनक शिक्षा सामग्री केन्द्रले ६ देखि १० कक्षासम्मको पुस्तक इनरुवाको पुस्तक व्यवसायीलाई बैशाख ८ देखी १० सम्मा मात्रै दिने भएकाले विधार्थीले समयमा पुस्तक नपाउने भएको हो ।



नेपाल पुस्तक व्यवसायी महासंघ इनरुवा इकाईका सदस्य एवम् ग्लोबल बुक्स एण्ड स्टेशनरी सप्लायर्सका सञ्चालक पवन कुमार मेहताले आफूहरुकोमा कक्षा ५ सम्मको पुस्तक आएको तर कक्षा ६ माथिको समयमा पुस्तक नआएको बताउनुभएको छ । मेहताले आफूहरुलाई जनक शिक्षा सामग्री केन्द्रले ६ देखि १० कक्षासम्मको पुस्तक छपाइ सम्पन्न भएपनि पहाडी जिल्लामा पठाउने कार्य जारी रहेकाले सुनसरीको पुस्तक पसलमा समयमा पुस्तक नपठाएको र बैशाख ८ देखी १० सम्मा मात्रै दिने प्रतिकृया आएको बताउनुभयो । समयमा आएको पुस्तकहरु ग्राहक र विद्यालयलाई दिने गरेको र बाकीका लागि एक हप्ता लाग्ने भन्दै फर्काई दिएको मेहताको भनाई छ । उहाँले पसलमा नआएका पुस्तकहरुका लागि पछी बोलाएको र अहिले भएको पुस्तक दिएर पठाईरहेको बताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख खगेन्द्र सुवेदीले बजारमा समयमा पुस्तक आए नभएको विषयमा सनिबार अनुगमन गरेको बताउनुभयो । उहाँले धरानका पसलहरुमा प्रयाप्त पुस्तक रहेको बताउनुभयो । अनुगमनका क्रममा धरानका पुस्तक पसलहरुमा सबै पुस्तकहरु रहेकाले अभिभावक तथा विद्यालयहरुलाई समयमा खरिद गरेर विधार्थीको हातमा पुस्कत दिन आग्रह गर्नुभएको छ । इकाई प्रमुख सुवेदीले जजन्युजसंग भन्नुभयो, “स्थानीय पुस्तक व्यपसायी तथा वितरक र विद्यालयहरुले लापरबाही नगरे विद्यार्थीको हात–हातमा समयमै पुस्तक पुग्ने अवस्था छ ।” सुवेदीका अनुसार शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू भएको छ ।
समयमा पुस्तक नआएको भएपनि पढाउन सक्ने अवस्था भएपनि पाठ्यक्रम अनुसारको शिक्षण गर्न सक्ने इक्छाशक्ती नभएकाले पुस्तकै बाहानामा हप्तौ पढाई अवरुद्ध भएको गुनासोहरु सुन्न पाएको छ । सरस्वती मावि बबियाका शिक्षक देवकृष्ण यादवले समयमा पुस्तक भए राम्रो तर नभएको पनि पाठ्यक्रम अनुसारको शिक्षण गर्न सक्ने शिक्षको इक्छाशक्ती भएपनि केही सहज हुने बताउनुभयो ।
१, सुनसरीको इनरुवामा रहेको एक पुस्तक पसल ग्लोबल बुक्स एण्ड स्टेशनरी सप्लायर्समा आएको कक्षा ५ सम्मको पुस्तकहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
