सुनसरी
२०८०, वैशाख १४ गते । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिनगर गाउँपालिका–४ हरिनगराका २३ वर्षीय चन्दन कुमार मेहता विरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएको छ । मेहतले वैशाख ६ गते बालिकाको घरमा कोही नभएको मौकाछोपी बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सुनसरीमा वैशाख १३ गते उजुरी दिनुभएको हो । पीडितलाई उहाँको घरमै आरोपितले बलात्कार गरेको पीडितकी आमाले बताउनुभयो । ४८ वर्षिया आमाका अनुसार बालिकालाई बलात्कार पश्चात आरोपित चन्दन मेहत फरार भएका छन् । घटनाको बारेमा उजरी आएको र पीडक फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक(डिएसपी) राज कुमार राईले जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण वैशाख १३ गते जिल्ला अस्पताल इनरुवामा भएको छ । छोरी बलात्कृत भएको भन्दै आमाले प्रहरीमा उजुरी दिएको र न्यायका लागि अधिकारकर्मीहरुसंग आग्रह गर्नुभएको छ । आमाका अनुसार छोरी टुहुरा रहेको र आफू विधुवा रहेको अनि गरिब भएको मौका छोपी छोरीको बलात्कार गर्ने पीडकलाई कार्वाहीको माग गर्दै उजुरी दिएको हो ।