वैशाख २४ गते । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका २ को राजाजी रामजी महतो दास माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिरुद्ध प्रसाद मेहताले राजीनामा दिनुभएको छ । विद्यलायमा शैक्षिक सुधार र व्यवस्थापन सुधार सहित सुशासनयुक्त र बालमैत्री विद्यलाय बनाउने प्रण गरेर आएकोमा त्यसतो वतावरण नभएको प्रधानाध्यापकबाट असहयोग भएकाले अध्यक्ष मेहताले राजीनामा दिनुभएको हो ।

राजिनामा पत्रमा घरायसी कारण देखाएको भएपनि भित्रि कुरा विद्यलायका प्रधानाध्यापक नारायण मेहता र लेखा कर्मचारी सुरेश मेहताको कार्यशैली अपारदर्शि गतिनिधि र आर्थिक अनियमितता सहित नीजिको विधार्थी राखेर सरकारीको नतिजा देखाउने, नतिजा प्रकाशन समयमा नगरेको, प्रमथ भएको विधार्थीलाई पछाडी पारेर अर्कैलाई प्रथम बनाएको, आन्तरिक स्रोतको रकममा रजाई गरेको कारणले अध्यक्ष मेहताले राजीनामा दिनुभएको बुझिएको छ । मेहताले बैशाख १९ गते विद्यालयमा भएको छलफलमा राजीनामाको घोषणा गर्ने उद्घोष गरेको भोली पल्छ बैशाख २० गते समितिलाई सम्बोधन गर्दै प्रअ नारायण मेहतालाई राजीनामा पत्र बुझाउनुभएको छ ।


यता प्रअ मेहताले कुनै पनि अनियमितता नभएको र विधार्थीको उपस्थिती नियमिताका अधारमा नजिता प्रशासन भएको र नतिजा प्रकाशन समयमा नगरेको विषय आफू शिक्षक संघको अधिवेसनमा काठमाण्डोले भएको त्यसमा कुनै हानी भने नपुगेको प्रतिकृया दिनुभयो ।


उता अध्यक्ष मेहताले भने विद्यलायलाई खेलाची बनाएको परीक्षा लिएको महिनौंसम्म नतिजा प्रकाशन नगरेको, चार जना भन्दा बढी बोर्डिगका विधार्थी राखेर सरकारीमा पढ्नेलाई बेवास्ता गरेको, तत्कालिन अवस्थामा राहतका शिक्षक नियुक्ती गर्दा प्राप्त भएको पाँच लाख रुपियाँ सहयोग रकममा प्रअले आफू खुसी गरेको, कार्यविधि र नियमावली बिना नै १३ प्रतिशत व्याजदरमा लगाएर जोखिममा पारेको र विद्यालयको शैक्षिक सुधारमा चासो नदिएकोले राजीनामा दिएको प्रतिकृया दिनुभयो ।
विद्यालयमा आर्थिक अनियमितता भएको, पुरानो विव्यासले गरेको निर्णयको पूनरावलोकन समेत नगरि प्रअले एकलौटी गरेको लगायतका कारण देखाउँदै व्यवस्थापन समितिका अध्यक्ष मेहताले राजीनामा बुझाएको बताइएको छ ।
प्रअले आफूखुसी गर्दा विद्यालयको आर्थिक, भौतिक र शैक्षिक क्षेत्रमा दिर्घकालिन क्षती पुग्ने अवस्था देखिएकाले तत्काल सो कार्य बन्द गर्न माग गरिएको सुनुवाई नहुदाँ राजीनामा दिएको बताइएको छ ।