सुनसरीमा एकपछि अर्को साँस्कृतिक कार्यक्रम हुने क्रम बढेको छ । यही २०८० साल ज्येष्ठ २ गतेको दिन अपन स्वर्ग नेपालद्वारा वहुभाषिक सांस्कृतिक तथा विभिन्न विधामा योगदान दिनु हुने साहित्यकार, पत्रकार, कलाकार सम्मान साथै साँस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । संस्थका अध्यक्ष झोटन मेहताले इनरुवा ४ बसचौक पश्चिम सुनसरी क्याम्पस जानेबाटोमा रामजानकी मन्दिर परिषर कार्यक्रमको आयोजना गर्ने तयारी भएको जानकारी दिनुभयो । कलातकार र जनप्रतिनिधि सहित सरोकारबाहरुलाई गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा पत्र पठाएको जनाएको छ ।
यसैबीच इनरुवामा हुने साहित्यकार, पत्रकार, कलाकार सम्मान साथै साँस्कृतिक कार्यक्रमले इनरुवाको पहिचान र साहित्यको विकास हुने साहित्यकार, पत्रकार एवम् पूर्व मेयर गोपाल कोईरालाले बताउनुभएको छ । अपन स्वर्ग नेपालद्वारा वहुभाषिक सांस्कृतिक तथा विभिन्न विधामा योगदान दिनु हुने साहित्यकार, पत्रकार, कलाकार सम्मान कार्यक्रमको बारेमा कोईराला निवासमा भएको भेटघाटमा कोईरालाले इनरुवामा साहित्यको इतिहास सात दशक लामो रहेको चर्चा गर्नुहुदै यसको संरक्षणका लागि पनि कार्यक्रम उतम हुने बताउनुभयो ।


कोईरालाले भएकोलाई संरक्षण र विकास तथा प्रचारप्रसार गर्नुपर्ने, नयाँहरुलाई प्रोत्साहन गर्नुपर्ने र नवप्रवेशीहरुलाई आकर्षण गर्नुपर्ने बताउनुभयो । कोईरालाले नेपाली, मैथली र उराँव साहित्यको उर्वर भुमी समेत इनरुवा भएको बताउनुभयो ।
अर्का सहभागी पत्रकार एवम् इनरुवाका पहिलो मैथली भाषाका कृतिकार , प्रवृति कविता संग्रहका लेखक जयकृष्ण यादवले अपन स्वर्ग नेपालद्वारा वहुभाषिक सांस्कृतिक तथा विभिन्न विधामा योगदान दिनु हुने साहित्यकार, पत्रकार, कलाकार सम्मान कार्यक्रम इनरुवाको गौरवको विषय भएको बताउनुभयो ।


यादवले उराँव भाषाको साहित्यकार शारण उराँव, बेचन उराँव सहितको योगदान देखी अग्रज स्व.महानन्द सापकोटा,स्व. उपेन्द्र पागल, अग्रज साहित्यकार गोपाल कोईराला, छवीनाथ रिजाल, खखेरा सहितका दर्जन बढी साहित्यकारहरु इनरुवाको गहना भएकाले निधन भएकाहरुलाई मरोपरान्त र बर्तमान रहनुभएकाहरुलाई बेलाबेलामा सम्मान गर्नुपर्ने बताउनुभयो ।
साहित्यकार तथा गितकार राधा सुवेदीले अपन स्वर्ग नेपालको बहुभाषिक सांस्कृतिक कार्यक्रमले प्रदेश र देशका साहित्यकारलाई जोड्ने बताउनभयो ।


अधिवत्ता पञ्चदेव मेहताले अग्रज साहित्यकारको सम्मान र नयाँलाई अवसर दिनुपर्ने बताउनुभयो ।