विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण अभियान जारी, शिक्षकहरु नै कम्जोर भएपछि………

इनरुवा, जेठ ८ गते । इनरुवा नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण अभियान दुई महिनादेखी जारी रहेको विद्यालय व्यवस्थापन समिति महासंघले जनाएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन अभियान बैशाखको पहिलो साताबाट सुरु गरेकोमा सोमबार थप दुई विद्यलायमा अनुगमन गरेको छ । नगरपालिका अन्तर्गतका ३० सामुदायिक विद्यालयहरुको विद्यालय व्यवस्थापन समिति महासंघका इनरुवा अध्यक्ष जयकृष्ण यादवका अनुसार नगरका विद्यालयको भौतिक अवस्था, जनशक्ति व्यवस्थापन, पठनपाठन, विद्यार्थीको उपस्थिति, खाजा कार्यक्रम, बुक कर्नर, एसआईपी, सामाजिक परीक्षण, शिक्षकको कक्षाकोठामा प्रस्तुतिकरण लगायत अन्य सबाल र समस्याको पहिचान गर्न अनुगमन चलिरहेको छ ।

यादवले बैशाखको पहिलो हप्तादेखि सुरु गरिएको अनुगमन तथा निरीक्षण अभियानले नगरभित्रका ३० वटा विद्यालय मध्ये हालसम्म २६ वटा विद्यालयको स्थलगत अनुगमन गरेको जानकारी दिनुभयो । बाँकी विद्यलायको निरीक्षण तथा अनुगमन पनि जारी रहेको यादवको भनाई छ । सोमबार गरिएको विद्यालय अनुगमन तथा निरीक्षणमा गैरसरकारी संस्था महासंघका सुनसरी अध्यक्ष मेघराज न्यौपाने, शैक्षिक सुधार अभियान इनरुवा नगरपालिका समितिका संयोजक दिलिपचन्द साहु र जिल्ला स्थित पत्रकारहरु सहितको सहभागिता रहेको थियो । टोलीले इनरुवा ९ को शिशु निकेतन आधारभुत विद्यालय र शहिद श्यामसुन्दर आधारभुत विद्यलायको गरिएको टोलीमा सहभागी समाजसेवी सत्य नारायण मण्डलले जानकारी दिनुभयो । नगरपालिकामा रहेका सामुदायिक विद्यालय सञ्चालनमा एकरुपता नरहेको, कक्षा ५ मुनीका विधार्थी निकै कम्जोर रहेको, विधार्थी संस्था रजिस्टरमा भन्दा उपस्थिती न्यून रहेको, कक्षामा लठीको प्रयोग भएको, भौतिक पूर्वाधार कम्जोर रहेको, घेराबेरा नभएको, समयको पालनामा ख्याल नगरेको , नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारी तथा शिक्षा शाखा र समितिले विद्यालयको पाँच वर्षदेखी कुनै पनि स्थलगत अनुगमन तथा निरीक्षण नगरेको अवस्था पाइएको छ । नगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयको शैक्षिक एवं भौतिक अवस्था सुधारका लागि ठोस योजना तर्जुमा निर्माण गर्न टेवा पुग्ने अपेक्षा सहित महासंघले अनुमगनलाई सघन बनाएको जनाएको छ । विद्यालय अनुगमन तथा निरीक्षणमा गैरसरकारी संस्था महासंघ, शैक्षिक सुधार अभियान इनरुवा नगरपालिका समिति र नागरिक समाजका प्रतिनिधिहरुको पनि सहभागिता रहने गरेको छ ।




शिक्षकलाई ७ कान पढ्न ( सेभेन ओन्जा ) आएन् , प्रअलाई पाठ घण्टा नै थाहा छैन ?

विधार्थीहरु पढ्ने विद्याको मन्दिरमा शिक्षकहरुले पढाउदै होला हाम्रो बालबालिकाहरु पढ्दै होला भनेर सोचिरहेका छौं होईन त हामी अभिभावकले । तर कथा वेग्लैछन् , हाम्रा छोराछोरी पढाउने शिक्षकलाई ७ ऐकान ७ पढ्न ( सेभेन ओन्जा) आएन् भन्दा आश्चर्य लाग्न सक्छ

तर यो यर्थात घटना सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका ९ बबियाको शिशु निकेतन आधारभुत विद्यालयको हो । जहाँ कक्षा ५ सम्म पढाउने शिक्षकलाई ७ ऐकान ७ पढ्न ( सेभेन ओन्जा ) आउदैन् भने प्रधानाध्यापकलाई पाठ घण्टा र बार्षिक योजना भनेको थाहा छैन ।

सुशासनको कुरा गर्न भ्याउने यस विद्यलायका प्रअ निर्मला भट्टराई कोईरालालाई आफै विद्यालयमा के के गरेको विषयमा थाहा नभएको जस्तो गैरजिम्मेबारी अभिव्यक्ति दिनुभयो भने अनुगमनकर्ताहरुलाई आधिकारिकताको प्रश्न गर्न भने भ्याउनुभयो ।

एक शिक्षकले भने सामान्य कुुरा बताउन पनि असमर्थ देखिनुभयो । अर्का एक शिक्षक गलत मिनिगं पढाईरहनुभएको अवस्था देखियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्य नारायण शर्मा खत्वेले सुधारको अभियान र प्रयासमा लागेको प्रतिकृया दिनुभयो ।
हाजिर रजिस्टर छ कक्षामा छैन ?
सोही वडाको शहिद श्यामसुन्दर आधारभुत विद्यलायको अनुगमनमा रजिहस्टरमा ७० बढी विधार्थीको नामाकरण भएको पाइएपनि कक्षा कोठामा १७ जना मात्रै विधार्थी भेटिएको छ । विधार्थी कम भएको विषयमा प्रअ रामरुप मेहताले गाउँमा विवाह र पुजापाठलाई कारण देखाउनुभयो ।

शिक्षक कक्षा अनुसारको अभाव भएपनि विधार्थी अनुपातमा दुई जना राहत शिक्षक, एक करार, एक बालविकास सका र एक कार्यालय सहयोगी गरि पाँच रहेकाले प्रयाप्त देखियो । सोमबार विद्यालयको अनुमगन गर्दा बालविकास केन्द्रमा २, कक्षा १ मा २, कक्षा २ मा ४, कक्षा ३ मा ५ , कक्षा ४ मा १ र कक्षा ५ मा ३ जना गरि कक्षा कोठामा १७ जना मात्रै विधार्थी देखिएको छ ।

अनुगमनकर्तासंग यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र मेहताले कक्षाकोठा सहित विधार्थीको गुणस्तर सुधारको प्रयासमा लागेको प्रतिकृया दिनुभयो ।

अनुमगनमा समाजसेवी देवराम यादव, दिनेश यादव, महेन्द्र यादव, सिंहेश्वर मेहता, दिलिपकुमार मेहता, महेन्द्र खत्वे सहितको उपस्थिती रहेको थियो । टोलीले विद्यालयका अन्य सरोकारबालाहरुसंग समेत छलफल गरेको थियो ।
