जयकृष्ण यादव । इनरुवा
इनरुवा,जेठ १८ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनआन्दोलनपछि आफूहरुको एजेण्डामा देश अगाडि बढिरहेको दावी गर्नुभएको छ ।

अध्यक्ष यादवले सुनसरीको इनरुवामा जसपाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा बधाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै देशको परिर्वतनकारी आन्दोलन र संघर्षले संघीयता, पहिचान सहितको मधेस प्रदेश, सुशासन, समृद्धि र विकास सहितको आफूहरुको एजेण्डामा देश अगाडि बढिरहेको दावी गर्नुभएको हो ।
उहाँले नेपाली भएर पनि अनागरिक भएर बस्दै आएकाहरुको नागरिकता समस्या समाधान समेत जनता समाजवादी पार्टीले नै गरेको दावी गर्नुभयो । उहाँले राजसंस्थादेखी ठूला शक्तीको शासनलाई प्ररास्त गरेर छोटो समयमा धेरै उपलब्धी जनता समाजवादी पार्टीले गरेको बताउनुभयो ।


यादवले नागरिकलाई शिक्षा, स्वास्थ्य सहित रोजगारको पक्षमा आफूहरु लागिपरेको र सार्थक पारेर छाड्ने बताउनुभयो । जसपा इतिहास भएको भन्दै सामावेसीता, पहिचान, समानुपालिक समावेशी, जातिय विभेद अन्त्य र नागरिकता समस्या समाधान गर्ने पार्टीको रुपमा स्थापित भएको बताउनुभयो । उहाँले आर्थिक विकास जुन अवस्थामा बढ्नुपर्ने थियो त्यो नबढेकाले निरासा बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।


यादवले भन्नुभयो, ‘ठूल–ठूला बलिदानी र मधेस विद्रोह सहितको संघर्षबाट राजनीतिक परिवर्तन भयो, नयाँ संविधानले संघीयता, धर्मनिरपेक्षता, समावेसीकरण, समानुपातिक निर्माण प्रणाली लागुभयो, अवको राजनीतिक यता देशमा सुशासन, स्थिरता, विकास र समृद्धिका लागि हो । सुशासन, विकास र समृद्धिबिना राजनीतिक परिवर्तन दिगो हुन सक्दैन ।’
अध्यक्ष यादवले आफू पार्टीको संगठन देशको तराईमधेश–पहाड र हिमाललाई जोडेर आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्ने, छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गरी दुवै देशबाट नेपालको हितका पक्षमा काम गर्ने तथा विकास समृद्धि र पूनर्निर्माणको दिशामा देशलाई डो¥याउनु आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।

अध्यक्ष यादवलाई पार्टी र जातीय संस्थाद्धारा सम्मान
जनता समाजवादी पार्टी नेपालका राष्टिय अध्यक्ष उपेन्द्र यादवलाई जसपा नेपाल सुनसरी सहित विभिन्न संस्थाहरुले सम्मान गरेको छ । पार्टीको केन्द्रिय अध्यक्ष भएर दुई दशकदेखी कृयाशिल रनुभएको र जसपा नेपाल सुनसरी सहित विभिन्न संस्थाहरुले सम्मान गरेको हो । अध्यक्ष यादवलाई जिल्ला सदरमुकाम इनरुवामा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरि जसपा नेपाल सुनसरीका अध्यक्ष भगिरत खत्वे सहित पार्टीका भातृ संस्थाहरु, संघीय शिक्षक फोरमका अध्यक्ष सुमन मेहता, नेपाल यादव सेवा समितिका सन्तोश यादव, रविन्द्र यादव र गोपाल यादव सहित विभिन्न संस्थाहरुले सम्मान गरेको छ ।

हालै प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नंम्बर २ बाट निर्वाचित भएर पार्टीको सान बढाएको र नेपाली राजनीतिकमा असल भुमिकाम निर्वाह गर्ने नेता भएकाले सम्मान गरेको जनाएको छ ।