इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका वडा नम्बर ९ स्थित सरस्वती माध्यमिक विद्यालयले छात्रवृती वितरण गरेको छ ।
विद्यालयले एक कार्यक्रमको बीच कक्षा २ देखी ९ सम्मका विद्यार्थीहरुलाई छात्रवृती वितरण गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादव र सदस्य बाजुद्धिन मियाँँको उपस्थितीमा छात्रवृती वितरण गरेको हो ।
विद्यालयमा नियमित छात्रवृति वितरण नभएको र केही मात्रामा विगतमा छात्रवृती समयमा वितरण नभएको गुनासोको बीच विद्यालयले छात्रवृती वितरण गरेको बुझिएको छ ।


विद्यालयले नगरपालिकाबाट छात्रवृतीको रकम निकाशा भएपछि समयमै वितरण गरिएको प्रधानाध्यापक श्यामदेव मेहताले जानकारी दिए ।
मेहताले विगतमा जे जस्तो भएपनि आफु प्रअ भएपछि नियमित र पारदर्शी भएर काम गरेको बताए ।
छात्रवृर्ती वितरण कार्यक्रमलाई सम्बोधन गर्दै विव्यस अध्यक्ष यादवले छात्रवृतीको रकम विद्यार्थीहरुको शिक्षामा खर्च गर्नुपर्ने बताए ।
यादवले विद्यालयको विगतको कमीकमजोरीले अहिले सम्मपनि सोही छाप परेकाले अब त्यस्तो अवस्था नरहेको र सुधारउन्मुख भइरहेको बताए ।


यादवले छात्रवृती वितरण कार्यक्रम नीतिगत व्यवस्थाअनुसार जेठ १५ गते भित्र वितरण गरिसक्नुपर्नेमा निकाशा ढिलो भएकोले ढिलो वितरण भएको प्रतिक्रिया दिए ।
सो कार्यक्रममा अभिभावक महाबिर खत्वे, शिक्षक श्यामप्रसाद साह, उमेश यादव, कामेशवर यादव, रामानन्द मण्डल, देवकृष्ण यादव, प्रकाश क्यास्थ, दिपक बोहरा, देवनारायण यादव, कृष्ण तिम्लिसिना लगायतका शिक्षकहरुले छात्रवृती रकम हस्तानन्तरण गरेका थिए ।