इनरुवा, साउन ६ गते । कोशी प्रदेशमा नेकपा एमालेले जती नै चलखेल गरेको भएपनि नेपाली काँग्रेस नेतृत्वकै सरकार कायम रहने मुख्यमन्त्री उद्धव थापाले बताउनुभएको छ । एमाले सरकार बाहिर रहन सक्ने पार्टी भएकाले जसरी पनि जालझेल गर्ने मनसाय राखेर प्रदेश सरकार विरुद्ध दायर गरेको रिटमा आफूहरुकै नेतृत्वको सरकारकै पक्षमा फैसला आउने दावी गर्नुभएको हो । सुनसरीमा नेपाली काग्रेंसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुदै मुख्यमन्त्री थापाले नेकपा एमालेले सरकार विरुद्ध दायर गरेको रिटमा तत्काल अन्तरिम आदेश आएको भएपनि पूर्ण सुनुवाई वा फैसलाको बखत प्रदेश सरकारकै पक्षमा फैसला आउने विश्वास व्यक्त गर्नुभयो । काँग्रेसले कोशी प्रदेशमा पहिलो पटक नेतृत्व गर्ने अवसर पाएको बताउँदै थापाले जनताको हितमा काम गर्ने धारणा राख्नुभयो । उहाँले जनतालाई अनुभूति हुने गरी काम गर्नुपर्नेमा आफू अग्रसर भएर लागेको भएपनि अन्तरिम आदेशले प्रदेशको कार्यक्रमहरु स्थगित जस्तै भएको बताउनुभयो ।
सरकारको अस्तित्वको बारेमा धेरैकुरा आइरहेको बेला उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन भएको प्रष्ट पार्नुभयो । अदालतको परमादेशले सरकारलाई काम गर्न रोक लगाएको थापाको भनाइ थियो । जसको कारण जनतामा पु¥याउनुपर्ने विकासको काम रोकिएको बताउनुभयो । कोशी प्रदेश नामकरणको विषयमा थापाले बहुमतबाट कोशी प्रदेश नाम राखिएकोले त्यसमा थप बार्ता र संवादबाटै समस्याको समाधान खोजिने बताउनुभयो । सहमतिको अन्तिम प्रयासमा कोशी नाममा सहमति भएको बताउनुहदै मुख्यमन्त्री थापाले पहिचानवादीहरूलाई वार्तामा बोलाएर चित्त बुझाउने प्रयास जारी रहेको बताउनुभयो ।
कोशी प्रदेशमा मुख्यमन्त्री चयनमा सभामुख बाबुराम गौतमले समर्थन गरेपछि सरकार विवादमा तानिएको छ । विपक्षी एमालेले मुख्यमन्त्री थापा, सभामुख गौतम र प्रदेश प्रमुख परशुराम खापुङ विरुद्ध रिट दायर गरेको थियो । त्यसपछि आदलतले तत्काल काम नगर्न र यथास्थितीमा राख्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।


१, कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापा ।
तस्विर ः