सुरेन्द्र मेहता । इनरुवा
सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा रहेको सरस्वती माध्यमिक विद्यालयमा यसै शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु भएको प्रचारप्रसारमा शिक्षकहरु जुट्नुभएको छ । एसईई पास भएका विधार्थीहरुलाई बधाई सहित घरदैलो गर्दै कक्षा ११ को भर्ना अभियानमा शिक्षकहरु जुट्नुभएको हो । पहिलो पटक कक्षा ११ को संचालन अनुमती पाएपछि शिक्षकहरु भर्ना अभियान सञ्चालनमा जुटनुभएको हो ।

घरघरमै बधाई दिदै आफ्नो विद्यलायमा विधार्थीको स्वागत गर्ने तयारीमा जुटेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवको विषेश पहलमा इनरुवा नगरपालिकाले कक्षा ११ संचालनको अनुमती दिएसगैं चालु शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु हुने भएको प्रधानाध्यापक श्यामदेव मेहताले जनाकारी दिनुभयो ।

एक कार्यक्रमको आयोजना गरी नव आगन्तुक विद्यार्थीहरुको स्वागत गर्ने गरि भर्ना अभियानमा जुटेको विद्यालयले जनाएको छ । भर्ना अभियानका लागि शिक्षक श्यामप्रसाद साह, उमेश प्रसाद यादव, वीरेन्द्रकुमार मेहता, देवकृष्ण यादव, देवनारायण यादव सहितले छिमेकी विद्यालयहरुको प्रअ र शिक्षकसमेतलाई भेटेर विद्यार्थीहरुलाई कक्षा ११ मा भर्ना हुन आग्रह सहित प्रचारप्रसारमा जुट्नुभएको छ । घरघर गाउँगाउँमा कक्षा ११ पढाई सुरु भएको जानकारी दिने अभियानमा जुटेको प्रअ मेहताले बताउनुभयो ।