इनरुवा, भदौ ३१ गते । इनरुवा नगरपालिका–३ की २३ वर्षीया पत्नी निकिता चौधरीलाई पती ३२ वर्षीय नागेन्द्र भगतले हत्या गरेको मृतकका आफन्तले दावी गरेका छन् । मृतकका भाई राहुल चौधरीले जानीजानी घाटी थिचेर दिदिको हत्या गरेको दावी गर्नुभएको छ ।


दाईजोको विषयमा पतीपत्नी बिचमा भएको भनाभनमा चौधरीलाई भगतले घरकोठामा शनिवार राति १० बजेको समयमा घाटी थिचेर हत्या गरेको मृतक महिलाको आफ्न्तले बताएका छन् ।
चौधरी र भगतको बीचमा विवाह गरेको १९ महिनापछि थप दाइजोको दबाब दिदै आएकोमा तिजको पूर्वधन्ध्यामा इनरूवा नगरपालिका वडा नम्बर–३ का ३२ वर्षीय नागेन्द्र भगतले आफ्नी २३ वर्षीया पत्नी निकिता चौधरीलाई घाटी थिचेर हत्या गरेको मृतकका आफन्तलाई उदृत गर्दै पत्रकार जुगेश दासले बताउनुभयो ।
मृतकका आफन्तले हत्या भएको दावी गरेको मौखिक जानकारी आएको र केटा पक्षले आत्महत्या गरेको प्रतिकृया दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो । रेग्मीले घटनाको बारेमा सोधपुछ र अनुशसंधान भईहरेको जानकारी दिनुभयो ।
पिडितका आफन्त सर्मिला चौधरीले भन्नुभयो “घटनाको आधि घण्टा पछि फोन गरेर पासोमा झुण्डीएको सूचना आएको र पछि बुझ्दै जादाँ शवको अवस्था हेर्दा निलडाम बसेको, टाउकोमा रगत देखिएको र शंकास्पद रहेकाले हत्या भएको हाम्रो ठहर छ । ”
भगत र चौधरी बीच २०७८ सालको मसिंर महिनामा विवाह भएको थियो । भगतले रातीको समयमा घरमा कोही भएको मौकामा श्रीमतीलाई कुटपिट गरी घाँटी थिचेर हत्या गरेको माइती पक्षको आरोप छ । श्रीमान श्रीमतीबीच सामान्य विवाद हुँदा कपाल समातेर घिसार्दै लछार्दैपाछादै विभिन्न घरायसी बस्तुले कुटेर मृत्यु भएको मृतकका आफ्न्तको दावी छ । विवाहमा रू ३५ लाख नगद दाईजो, १० तोला सुन र ८० तोला चाँदी उपहार दिएको थियो । शवलाई मोरङ जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।