अवैध रुपमा धर्म परिवर्तन गर्ने कार्य बन्द गर्न माग
इनरुवा, भदौ ३१ गते । विश्व हिन्दु परिषद नेपाल इनरुवाले इनरुवा नगरपालिकामा अवैध रुपमा बढ्दो धर्म परिवर्तनको कार्य बन्द गर्नुपर्ने माग गर्दै नगर प्रमुख केदार भण्डारीलाई ज्ञापन पत्र बुझाएको छ । सुनसरीको सदरमुकाम इनरुवा सहित विभिन्न स्थातमा भईरहेको धर्म परिवर्तनको कार्य बन्द गर्नुपर्ने माग सतहबाटै उठेकाले प्रगाण रहेको सामाजिक सदभावमा असर पार्ने गरि गैरकानुनी धर्म परिवर्तनको कार्य बन्द गर्नुपर्ने माग गर्दै परिषदले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा नेपालको संविधान २०७२ को प्रस्तावनामा र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतालाई लत्याउदै धार्मिक द्धन्द्ध निमत्याउने गरि पितापरमेश्वरको नाममा धर्म परिवर्तनको अभियान थालेकाले त्यसलाई तत्काल बन्द गर्न आग्रह गरिएको छ । परिषदले यसबाट एकता,मेलमिलाप र सामाजिक सद्भावमा खलल पुग्ने भएकाले यथासिर्घ धर्म परिर्वतन गर्ने कार्यलाई बन्द गर्न जोडदार माग गरिएको नगर अध्यक्ष अजय साहले जानकारी दिनुभयो । इनरुवाको दलित, गरिब, विपन्न बस्तिको घरघरमा क्रिश्चियन धर्म सम्बन्धी पाठ, पूजा, गानबजान गर्ने र विभिन्न रोग निको पार्ने प्रचारका नाममा समेत धर्म परिवर्तन गर्ने अभियान नै थालेकाले यसको दिर्घकालिन असर समाजमा पर्ने भएकाले दबाब, धाकधम्की र रोग निको पार्ने, इसु वा पितापरेम्बरको नाममा प्राथना गरे सबै रोग निको हुने, धनी हुन पाउने भन्दै दिकभ्रमित पार्ने काम गरेको देखिएकाले ध्यानकार्षण भएको जनाएको छ । यसमा केही मानिसहरु को को आउँछन ? केही नचिनेको भएपनि उहीहरुको अबैध रुपमा दिर्घ रोगलाई समेत मन्त्रबाट निको भार्ने भन्दै भ्रम छर्दै पितापरमेश्रको नाममा अभियान जारी राखेको र यसले गर्दा जिल्लामा आत्महत्याको घटनामा त्यसको प्रत्यक्ष र परोक्ष हात रहेको दिएको दावी गरिएको छ । अविवाहितहरुलाई जोडि मिलाई दिने र प्रभु इसुले नै विवाह जुटाईदिने भन्दै पीतापरमेश्रको कक्षामा, पाठमा र पुजामा सरिक भएकाहरुले सो सार्थक गर्न नपाएपछि अधिक आत्महत्या गरेको परिषदको जिकिर छ । नगरभित्र हिन्दू समुदाय र जातीमा सदियौदेखी चलिआएको सनातन धर्ममा खलल हुने गरी इसाईको प्रचार गरेको समेत देखिएकाले दुई महिनायता इनरुवामा मात्रै तीन जनाले आत्महत्या समेत धर्म परिवर्तनकै क्रममा गरेकाले यसलाई अभिलम्ब रोक्नुपर्ने जरुरी रहेको भनिएको छ । अवैध र अराजक शैलीमा बाईवल बाड्ने, धर्म परिर्वतनका लागि प्रेरित गर्ने, इसु मेसीको मन्त्र गाउन लगाउने, ध्वनी प्रदुषण हुने गरि साउण्ड र लाउडस्पिकर बजाउनेलाई कार्वाहीको दायरामा ल्याउन अनुरोध गरेको परिषदले जनाएको छ । परिषदले यसलाई अभिलम्ब बन्द नगरे र कार्वाही नगरे आफूहरु जस्तो सुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ । ज्ञापन पत्र बुझदै प्रमुख भण्डारीले यसलाई रोक्न आफ्नो तर्फबाट पहल हुने प्रतिवद्धता जनाउनुभयो ।