प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यशाला
जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज ५ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यशाला गरिएको छ । प्रहरीको कार्यलाई प्रभावकारी बनाउन र अनुसन्धानलाई थप सुक्ष्म र नविनतालाई सुव्यवस्थित गर्न कार्यशाला आयोजना गरेको प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो । कार्यशालामा जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका प्रहरी अधिकृत तथा युनिट, इकाईका इन्चार्जहरुको सहभागिता रहेको थियो । कार्यशालामा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्रहरीको काम, कार्वाही र अनुसन्धानलाई व्यवस्थित तथा प्रभावकारी गर्न अनुसन्धान गतिविधिमा लाग्न उत्प्रेरित गरेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय सुनसरीद्वारा आयोजित उत्प्रेरणा अभिबृद्धि कार्यशाला सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे प्रमुख आतिथ्य र प्रहरी उपरीक्षक विपिन रेग्मीको अध्यक्षता सम्पन्न भएको थियो । कार्यशालामा सशस्त्र प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाम्फे, अनुसन्धान उपरीक्षक तिलक प्रसाद शर्मा प्रसाई, उद्योग बाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र कुमार साहको उपस्थिति रहेको थियो । उहाँहरुले प्रशिक्षण समेत दिनुभएको कार्यक्रममा सुनसरीका प्रहरी अधिकृत र जुनियर प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।



१, जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरीका लागि उत्प्रेरण अभिवृद्धि कार्यशाला उद्घाटन गर्नुहुदै ।



२, जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरीका लागि आयोजना गरेको उत्प्रेरण अभिवृद्धि कार्यशालामा सहभागी प्रहरीहरु ।
