सुनसरीको इनरुवा नगरपालिका ९ नम्बर वडामा नेपाली काग्रेंसका स्थानीय नेता कैयुम मंसुरी सहित २५ जना र नेपाल लोकतान्त्रिक फोरमका नेता जलिल साफी, इब्राहिम साफि सहित १५ जना र जनता समाजवादी पार्टीका रोशन यादव सहित अन्य पार्टीको गरी ५० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्व प्रदेश मन्त्री जिवन आचार्य र जिल्ला संयोजक योगेन्द्र प्रसाद मण्डल सहितको उपस्थितिमा नव प्रवेशीलाई स्वागत गरिएको छ ।
अन्य पार्टीको भन्दा माओवादी जनताको पक्षमा काम गर्ने पार्टी भएकोले आफुहरु माओवादीमा प्रवेश गरेको नवप्रवेशीहरुले जनाएका छन् । नेपाली माओवादी केन्द्रको बिशेष रुपान्तरण अभियान अन्तर्गत इनरुवा ९ को सतैरबबिया टोलको गडन पुलमा छलफल पश्चात काङ्ग्रेस, एमाले र जसपा परित्याग गरि कैयुम मन्सुरी, जलिल साफी, बिधयानन्द शर्मा, रोशन यादव लगायत ५० जना नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेका हुन् ।

पार्टीको केन्द्रिय सदस्य तथा पूर्व मन्त्री जीवन आचार्यको हातबाट टीका लगाई माओवादी केन्द्रमा प्रवेश भएको पार्टीका इनरुवा नगर अध्यक्ष तोया गिरीले जानकारी दिनुभयो । साथै टोल कमिटी, मधेसी मोर्चा ,दलित मोर्चा अ.ने.म.(क्रान्तिकारी) युवा र विद्यार्थी कमिटी गठन गरिएको जानकारी दिनुभयो । गिरीले सम्पूर्ण नवप्रवेशी नेतागनहरुलाई हार्दिक स्वागत तथा बधाई ज्ञापन समेत गरिएको बताउनुभयो ।


कार्यक्रममा नेपाली कांग्रसबाट बुधन सदा,उपेन्द्र सर्मा,प्रमोद खत्वे,राजो खत्वे,उचितलाल खत्वे,रानकुमार खत्वे,मधुरलाल खत्वे,चरितर खंग,लक्ष्मण सदा,सत्यनारायण खत्वे,विद्यानन्द खत्वे,विपल खत्वे, दसन खत्वे,खटर खत्वे,रतन खत्वे, सदानन्द खत्वे,रेणु खत्वे,अनिता खत्वे,मिनियाँ देवी खत्वे,सुनिता देवी खत्वे,अञ्जली खत्वे,अनिता खत्वे,उर्मिला खत्वे रहेका छन् । त्यसैगरी जनता समाज वादी पार्टीबाट उर्मिला खत्वे,प्रेम देवी खत्वे,प्रमिला खत्वे,सुसिला सदा, बलराम सदा,तेजनारायण सदा,इनरवती सदा,बसिया सदा, रम्भा सदा,आरति सदा,रिता सदा, सुनिता सदा,भिखनी सदा,सजनी सदा,पारो सदा,जाग्रिती सदा,पानावती सदा,पार्वती सदा,कदमलाल सदा, सुरज सदा,सावन सदा,डम्बर सदा,सिवनारायण सदा, केसिया सदा,बुधसागर सदा लगायतका नेकपा माओवादीमा प्रवेश गरेका छन् । त्यसैगरी जनता समाजवादी पार्टी इनरुवा–९ यादव टठोल कमिटी अध्यक्ष रोसन यादव,सदस्य अमृृत यादव लगायतका माओवादीमा प्रवेश गरेका पार्टीकाा वडा अध्यक्ष लक्ष्मण यादवले जानकारी दिनुभयो । नव प्रवेशहरुलाई पार्टीका जिल्ला संयोजक योगेन्द्र मण्डल,इनरुवा अध्यक्ष तोया गिरी, जिल्ला सदस्य रमेश भट्टराई, जुमराती खाँ, वडा इन्चार्ज जयकृष्ण यादव लगायतकाले अविर खादा लगाएर स्वागत गरेका थिए ।